मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग

खरीबोट

बेझाड । रामपुर नगरपालिका–८ बस्ने मिर्गौला पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ । रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि रु ८८ हजार ८८८ रकम सहयोग गरेको हो ।

यसैगरी कुमालको उपचारमा सहयोगस्वरुप रामपुर नगरपालिकाले रु १२ हजार २२३, रामपुर ८ का समाजसेवी नरनारायण अर्याल र  रामपुर ५ का निराजन रेग्मीले पनि नगद रु पाँच÷पाँच हजार सहयोग प्रदान गर्नुभएको छ । वडा नं ८ का जनप्रतिनिधि तथा कर्मचारीबाट रु १५ हजार नगद सहयोग गर्ने घोषणा गरिएको छ । 

कुमाललाई सो रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गर्दै सामान्य रोगको पनि ख्याल नगर्दा ठूलो रोगले आक्रमण गरेर सताउने हुदा समय समयमा स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराएर निरोगी रहन सकिने बताए । 

रामपुर जापान सम्पर्क मञ्चले सङ्कलन गरेको सो रकम प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालमार्फत पीडितलाई सहयोग गरिएको हो । 

आफूलाई उपचारमा सहयोग गर्ने दातालाई धन्यवाद दिँदै जीवन रक्षाका लागि थप सहयोगको कुमालले याचना गरे । सात वर्षसम्म वैदेशिक रोजगारीमा कार्यरत ३१ वर्षीय कुमाल दुवै मिर्गौलाले काम गर्न छाडेपछि सात महीना अगाडि स्वदेश फर्किएका थिए । 

उनले वैदेशिक रोजगारीको क्रममा सवारी चालकको काम गर्थे । कुमालका बुबा, आमा, श्रीमती, दुई छोरा छन् । सामान्य परिवारका कुमाल आफू नै बिरामी परेपछि परिवारको जीवन गुजारा चलाउन समस्या परेको छ ।

सम्बन्धित समाचार

प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

गलकोट ।  म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा

पोर्चुगलका चोकचोकमा ‘रेशम फिरिरी...’

लिस्बन । “रेशम फिरिरी, रेशम फिरिरी, उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरी” झण्डै आधा शताब्दीअघि बुद्धि परियारको शब्द र लय सङ्कलनमा तयार पारिएको गीत  नेपालीभन्दा  विदेशी मनमा बढी  चिरपरिचित छ

अबको आन्दोलनले राजसंस्था फर्कन्छ – राप्रपा प्रवास विभाग प्रमुख खडका

काठमाडौ । राप्रपा केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडकाले जनता राजसंस्था फर्काउने मुडमा रहेको बताएका छन् । राप्रपा दोलखा-काठमाडौ सम्पर्क समाजको विशेष वैठकलाई सम्बोधन गर्दै उनले राजसंस्था र हिन्दुराष्ट्रको

लिबियाली जलक्षेत्रबाट आप्रवासीको उद्धार

त्रिपोली (लिबिया) । लिबियाली जलसैनिकले सोमबार मुलुकको पश्चिमी तटीय जलक्षेत्रबाट १०० भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरेको छ । जलसैनिकका प्रवक्ता अयुब क्वासमका अनुसार जलसैनिकले सब्राथा जलक्षेत्रबाट करिब २७ किलोमिटर टाढा


z