• २०८१ बैशाख ७ शुक्रबार

७५ वर्षीया लेखिकाले लगाएको यौन उत्पीडनको आरोप ट्रम्पद्वारा अस्वीकार 

kharibot

अमेरिका । न्यूयोर्क, अमेरिकाकी एक लेखिका र स्तम्भकारले अमेरिकी राष्टर्पति डोनाल्ड ट्रम्पप्रति यौन उत्पीडनको आरोप लगाएकी छन् । यद्यपि, ट्रम्पले भने यो आरोपलाई अस्वीकार गर्दै झूटो खबर भएको बताएका छन् । 

जिन क्यारोलले आफ्नो नयाँ किताब ‘ह्वाट डु वी निड मेन फर ?’ नामक पुस्तकमा करीब दुई दशक पहिले सन् १९९० को दशकमा डोनाल्ड ट्रम्पले न्यूयोर्कको बेर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरमा उनको यौन उत्पीडन गरेको उल्लेख गरेकी छन् । यो किताबको केही अंश सबैभन्दा पहिले न्यूयोर्क पत्रिकाको वेबसाइटमा प्रकाशित भएको थियो ।

यद्यपि, क्यारोलले पुस्तकभित्र ट्रम्पको नाम भने उल्लेख गरेकी छैनन् । तर, हेडलाइनमा भने उनको नाम उल्लेख छ । हेडलाइनमा उल्लेख छ, ‘भ्रष्ट मानिस डोनाल्ड ट्रम्पले २३ वर्षअघि बेर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरमा मेरो यौन उत्पीडन गरेका थिए ।’ उनले आफ्नो जीवनमा आएकामध्ये डोनाल्ड ट्रम्पमात्र एक्लो खराब व्यक्ति नभएको पनि उनले उल्लेख गरेकी छन् । 

पत्रिकामा प्रकाशित अंशका अनुसार क्यारोल तत्कालीन रियल इस्टेटका राजा मानिएका डोनाल्ड ट्रम्पसँग बेर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरमा मिले । दुवैबीच एकअर्कासँग  परिचयभ यो, मित्रवत् कुराकानी भयो । तर, फेरि ट्रम्प हिंस्रक भए र त्यसपछि ड्रेसिङ रुममा आफूसँग बलात्कारको प्रयास भएको क्यारोलले वर्णन गरेकी छन् ।

लामो समयसम्म एले पत्रिकामा स्तम्भकारको भूमिका निभाएकी ७५ वर्षीया क्यारोलसहित करीब १६ महिलाले पछिल्ला केही दशकमा ट्रम्पमाथि यौन उत्पीडनको आरोप लगाएका छन् । अधिकांश आरोप उनी सन् २०१६ मा राष्ट्रपति हुनुभन्दा पूर्व लगाइएका थिए । 

यद्यपि, ट्रम्पले यो आरोपको तत्काल खण्डन गरेका छन् । उनले क्यारोलसँग कहिल्यै पनि नभेटेको बताएका छन् । क्यारोलले आफ्नो पुस्तक विक्रीका लागि यस्तो झूटो कुरा आफ्नो पुस्तकमा उल्लेख गरेको ट्रम्पको आरोप छ । 

ट्रम्पले भनेका छन्, ‘जसले आफ्नो प्रसिद्धि, पुस्तक विक्री अथवा राजनीतिक एजेन्डाका लागि यौन शोषणको झूटो कथा बनाउँछन्, तिनीहरुलाई लाज लाग्नुपर्ने हो ।’ यस घटनालाई प्रमाणित गर्ने कुनै भिडियो फुटेज अथवा कुनै गवाह छ भन्ने ट्रम्पको प्रश्न छ । 

उनले क्यारोल र न्यूयोर्क पत्रिकालाई प्रश्न गरेका छन्, ‘यो घटना सत्य हो भने यससँग सम्बन्धित किन कुनै तस्वीर, प्रत्यक्षदर्शी, प्रतिवेदन, स्टोरका कर्मचारी छैनन् त ?’ ट्रम्पले घटनाको भिडियो फुटेज नभएको पुष्टि गर्ने बेर्गडोर्फ गुडम्यानलाई धन्यवाद दिएका छन् ।

कसैसँग डेमोक्रेटिक पार्टीले क्यारोल अथवा न्यूयोर्क पत्रिकासँग काम गरिरहेको सूचना भएमा तत्काल उक्त सूचना सम्प्रेषण गर्न ट्रम्पले आग्रह गरेका छन् । वास्तविकता के हो भन्ने विश्वलाई थाहा हुनु जरुरी रहेको उनको भनाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै