• २०८१ बैशाख १२ बुधबार

बक्स अफिसमा कबीर सिंहको रेकर्ड कलेक्सन

kharibot

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहले रिलिजको तीन दिनमा शानदार कलेक्सन गरेको छ ।

शुक्रबार रिलिज भएको कबीर सिंहले पहिलो दिन भारतीय बक्स अफिसमा २० करोड २१ लाख कलेक्सन गरेको कबीर सिंहले तीन दिनमा ७० करोड ८३ लाख कलेक्सन गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार शनिबार २२ करोड ७१ लाख र आइतबार २७ करोड ९१ लाख कलेक्सन गरेको छ ।

फिल्म कबीर सिंह शहिद कपुरको क्यारियरकै सर्वाधिक सफल फिल्म सेमत बनेको छ ।

कबीर सिंह यस बर्ष रिलिज भएका फिल्म मध्ये पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्मको सुचिमा चौथो स्थानमा रहेको छ । सलमान खानको भारतले पहिलो दिन ४२ करोड ३० लाख, कलंकले २१ करोड ६० लाख र केसरीले २१ करोड ६ लाख कलेक्सन गरेका थिए ।

दक्षिण भारतको ब्लकबष्टर फिल्म अर्जुन रेड्डीको रिमेक कबीर सिंहमा शाहिद कपुर र कियारा आडवाणीको प्रमुख भूमिका रहेको छ । सेन्सरले एडल्ट सर्टिफिकेट दिनुमा यस फिल्ममा शाहिद कपुरले पागल प्रेमीको भूमिकामा रहेका छन् । फिल्म २ घण्टा २४ मिनेटको रहेको छ भने फिल्मलाई सन्दीप वांगाले निर्देशन गरेका छन् ।

यस फिल्मलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको छ भने यस फिल्मलाई सिनेमा हलमा गएर बालबालिकाले हेर्न नपाउने भएका छन् ।

फिल्मका निर्माताहरुले फिल्मलाई ए सर्टिफिकेट दिएपनि युवाहरुलाई फिल्मले आकर्षण गर्ने विश्वास रहेको छ । तर फिल्मले परिवार अडियन्सलाई भने प्रभाव पार्ने देखिएको छ ।

फिल्ममा शहिद र कियारा दुवै मेडिकल विद्यार्थी हुने र शाहिद (कबीर सिंह) ले कियारालाई जबर्जस्ती प्रेम गर्ने र अन्तत: कियाराको मन जित्न सफल हुने तर पछि दुवैबीच बिछोड हुने कथा रहेको बताइएको छ । कियारासँगको बिछोड पछि शाहिद कुलतमा फस्ने समेत फिल्ममा देखाइएको छ ।

फिल्मको ट्रेलर :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै