• २०८१ बैशाख ८ शनिबार

चेन्नाइविरुद्व हारको बदला लिने दाउमा मनाङ

kharibot

काठमाडौं / एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा यही असार ११ गते हुने ‘होम’ खेलमा नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी चेन्नाईविरुद्व मैदानमा उत्रनेछ ।

समूह चरणमा एक खेल पनि जित हात पार्न नसकेको मनाङ पहिलो जितको खोजीमा मैदान उत्रँदा चेन्नाइविरुद्ध हारको बदला लिने दाउमा रहनेछ । सोही हारको बदला मनाङले घरेलु मैैदानमा लिन चाहन्छ । यसअघि गत अप्रिलमा चेन्नाइसँग उसैको मैदानमा भएको अबे खेलमा मनाङ मस्र्याङ्दी २–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको मनाङको लागि भने उक्त खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । प्रतियोगितामा दुई अङ्क मात्र जोड्न सकेको मनाङ एएफसी कपबाट यसअघि नै बाहिरिसकेको छ । यसअघि पाँच खेल खेलेको मनाङ जितविहीन छ । मनाङले दुई खेलमा बराबरी तथा तीन खेलमा पराजय भोग्यो । समूह इ मा रहेको मनाङ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

त्यस्तै बङ्गलादेशको अबहानी लिमिटेड १० अङ्कका साथ शीर्ष स्थानमा छ भने आठ अङ्क जोडेको चेन्नाइ दोस्रो स्थानमा छ । त्यस्तै मिनर्वा पञ्जाब पाँच अङ्कका साथ तेस्रो स्थानमा छ । प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा छनोट हुनेछ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै