• २०८१ बैशाख ७ शुक्रबार

अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय

kharibot

काठमाडौँ । अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भएको छ । 

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् । 

खड्कालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसमा स्वागत गरेका थिए । 

दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित हुनुभएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हाली सकेका छन् । 

पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा सम्मानजक स्थान दिने विषयमा आजै काँग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै