• २०८१ बैशाख ४ मंगलबार

नेप्सेमा ६ अंकको सुधार, सात समूहले कमाउँदा चारले गुमाए

kharibot

काठमाडौं । लगातार घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार झण्डै छ अंकले बढेको छ । नेप्से आज पाँच दशमलव ७५ अंकले बढेर १२ सय ६० दशमलव १० विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४४ अंकले बढेर दुुई सय ७१ दशमलव चार विन्दुुमा चढेको छ । 

एक सय ७३ कम्पनीहरुको पाँच हजार नौ सय ८० वटा कारोबारमा १५ लाख चार हजार छ सय ७२ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ४८ करोड १४ लाख ९२ हजार आठ सय २१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा सात वटा समूहले कमाए पनि चार वटा समूहले गुमाएका छन् । जसअनुुसार वाणिज्य बैंक समूहको सूचक चार दशमलव ३४ अंकले बढेर ११ सय ३३ दशमलव ३३ विन्दुुमा चढ्दा जलबिद्युुत समूहको सूचक पनि आठ दशमलव ५६ अंकले बढेर ११ सय ९८ दशमलव एक विन्दुुमा चढेको छ । 

फाइनान्स, लघुुुवित्त, होटल, उत्पादनमूलक र अन्य समूहको सूचकमा पनि सुुधार आएको छ । विकास बैंक समूहको सूचक भने दुुई दशमलव ५५ अंकले घटेर १५ सय ९५ दशमलव ९१ विन्दुुमा झरेको छ । निर्जिवन बीमा, जीवन र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जनउत्थान सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९१ पैसाले बढेर एक हजार ९८ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ६० पैसाले घटेर दुुई सय सात रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता छ सय ६० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड १८ लाख ३३ हजार आठ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै