अष्ट्रेलियाको मेलवर्नमा फुट्सल र भलिबल आयोजना हुदै 

खरीबोट

काठमाडौँ । “द हिमालयन टाईगर्स” र एएसिसि को समन्वयमा फुट्सल र भलिबल प्रतियोगिता यही आँउदो ०७ जुलाई २०१९ मा अष्ट्रेलियाको मेलवर्नमा आयोजना हुने भएको छ ।

“द हिमालयन टाईगर्स”ले आयोजन गर्न लागेको प्रतियोगितामा एएसिसिले स्पोन्सर गर्ने छ । 

यो फुट्सल र भलिबल प्रतियोगिता “द हिमालयन टाईगर्स”ले पहिलो पटक  आयोजन गर्दै  छ । 

फुट्सल र भलिबल प्रतियोगिता यही आँउदो ०७ जुलाई २०१९ आइतबार को दिन बिहान ठिक ९ बजे देखी सांझ ५ बजे सम्म ८५७ पेलेन्ती रोड रिजर्भोरमा आयोजना हुने भएको छ । दुबै खेलमा बिजय टिमले नगद पुरस्कार सहित ट्रफी मेडल र सर्टिफिकेट जित्ने  छन भने बिभिन्न बिधामा पनि खेलाडीहरुले पुरस्कार पाउने छन ।  

भलिबलमा पनि बिजेतालाई नगद पुरस्कार दिने हुँदा पहिलाको प्रतियोगिताहरुमा  भन्दा अहिलेको यो प्रतियोगितामा धेरै भलिबल टिम हुने क्लबले आशा राखेको छ । यस्तै गरी फुट्सलमा पनि १५/१६ टिमले सहभागिता जनाउने अपेक्षा क्लबको रहेको छ ।

यो प्रतियिगिताको लागि “ द हिमालयन टाईगर्सले” आफ्नो २ भलिबल टिम तयारी अवस्थामा रहेको भलिबल स्पोर्ट कोर्डिनेटर सुन्दर थापा र किशोर मगरले जानकारी दिए ।

फुट्सलमा पनि आयोजकद्वारा २ टिमले सहभागिता जनाउने पक्का भएको  र अर्को २ टिमलाई पनि सहभागिता गराउने कि नगराउने भन्ने बिषयमा फुट्सल कोर्डिनेटर बिमल गुरुङ र प्रतिक गुरुङका साथै फुटबल टिम क्याप्टेन किशोर मगर बिच छलफल चहिरहेको “ द हिमालयन टाईगर्स” क्लबका अध्यक्ष सन्तोष पाण्डेले  जानकारी दिएका छन् । 
 

सम्बन्धित समाचार

लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह

त्रिपोली । शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दीगृहहरु बन्द गर्न आग्रह गरेको छ । युएनएचसिआरले ट्वीट गर्दै २०० जना आप्रवासीलाई तजौरामा नजरबन्द

मेक्सिको पार गरी आउने कागजातविहीन आप्रवासीलाई अमेरिकाले शरण नदिने

वासिङ्टन । अमेरिकी प्रशासन केन्द्र ह्वाइट हाउसले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रबासीलाई दिइदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको छ ।  कागजातविना नै अमेरिका प्रवेश

लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार

त्रिपोली । लिबियाली तटीय रक्षकहरुले शनिबार राजधानी त्रिपोलीबाट करिब ६० किलोमिटर पश्चिमको सब्राथा तटीय जलक्षेत्रबाट ५३ जना अवैध आप्रवासीलाई उद्धार गरेका छन् । लिबियाली तटीय रक्षकका अनुसार सब्राथा जलक्षेत्रका रबरको डुङ्गामा सवार

आप्रवासी बाबुछोरीको दाहसंस्कार

मेक्सिको सिटी ।  मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ वर्षीया छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ । अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका


z