• २०८१ बैशाख ७ शुक्रबार

अष्ट्रेलियाको मेलवर्नमा फुट्सल र भलिबल आयोजना हुदै 

kharibot

काठमाडौँ । “द हिमालयन टाईगर्स” र एएसिसि को समन्वयमा फुट्सल र भलिबल प्रतियोगिता यही आँउदो ०७ जुलाई २०१९ मा अष्ट्रेलियाको मेलवर्नमा आयोजना हुने भएको छ ।

“द हिमालयन टाईगर्स”ले आयोजन गर्न लागेको प्रतियोगितामा एएसिसिले स्पोन्सर गर्ने छ । 

यो फुट्सल र भलिबल प्रतियोगिता “द हिमालयन टाईगर्स”ले पहिलो पटक  आयोजन गर्दै  छ । 

फुट्सल र भलिबल प्रतियोगिता यही आँउदो ०७ जुलाई २०१९ आइतबार को दिन बिहान ठिक ९ बजे देखी सांझ ५ बजे सम्म ८५७ पेलेन्ती रोड रिजर्भोरमा आयोजना हुने भएको छ । दुबै खेलमा बिजय टिमले नगद पुरस्कार सहित ट्रफी मेडल र सर्टिफिकेट जित्ने  छन भने बिभिन्न बिधामा पनि खेलाडीहरुले पुरस्कार पाउने छन ।  

भलिबलमा पनि बिजेतालाई नगद पुरस्कार दिने हुँदा पहिलाको प्रतियोगिताहरुमा  भन्दा अहिलेको यो प्रतियोगितामा धेरै भलिबल टिम हुने क्लबले आशा राखेको छ । यस्तै गरी फुट्सलमा पनि १५/१६ टिमले सहभागिता जनाउने अपेक्षा क्लबको रहेको छ ।

यो प्रतियिगिताको लागि “ द हिमालयन टाईगर्सले” आफ्नो २ भलिबल टिम तयारी अवस्थामा रहेको भलिबल स्पोर्ट कोर्डिनेटर सुन्दर थापा र किशोर मगरले जानकारी दिए ।

फुट्सलमा पनि आयोजकद्वारा २ टिमले सहभागिता जनाउने पक्का भएको  र अर्को २ टिमलाई पनि सहभागिता गराउने कि नगराउने भन्ने बिषयमा फुट्सल कोर्डिनेटर बिमल गुरुङ र प्रतिक गुरुङका साथै फुटबल टिम क्याप्टेन किशोर मगर बिच छलफल चहिरहेको “ द हिमालयन टाईगर्स” क्लबका अध्यक्ष सन्तोष पाण्डेले  जानकारी दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै