काठमाडौँ । “द हिमालयन टाईगर्स” र एएसिसि को समन्वयमा फुट्सल र भलिबल प्रतियोगिता यही आँउदो ०७ जुलाई २०१९ मा अष्ट्रेलियाको मेलवर्नमा आयोजना हुने भएको छ ।
“द हिमालयन टाईगर्स”ले आयोजन गर्न लागेको प्रतियोगितामा एएसिसिले स्पोन्सर गर्ने छ ।
यो फुट्सल र भलिबल प्रतियोगिता “द हिमालयन टाईगर्स”ले पहिलो पटक आयोजन गर्दै छ ।
फुट्सल र भलिबल प्रतियोगिता यही आँउदो ०७ जुलाई २०१९ आइतबार को दिन बिहान ठिक ९ बजे देखी सांझ ५ बजे सम्म ८५७ पेलेन्ती रोड रिजर्भोरमा आयोजना हुने भएको छ । दुबै खेलमा बिजय टिमले नगद पुरस्कार सहित ट्रफी मेडल र सर्टिफिकेट जित्ने छन भने बिभिन्न बिधामा पनि खेलाडीहरुले पुरस्कार पाउने छन ।
भलिबलमा पनि बिजेतालाई नगद पुरस्कार दिने हुँदा पहिलाको प्रतियोगिताहरुमा भन्दा अहिलेको यो प्रतियोगितामा धेरै भलिबल टिम हुने क्लबले आशा राखेको छ । यस्तै गरी फुट्सलमा पनि १५/१६ टिमले सहभागिता जनाउने अपेक्षा क्लबको रहेको छ ।
यो प्रतियिगिताको लागि “ द हिमालयन टाईगर्सले” आफ्नो २ भलिबल टिम तयारी अवस्थामा रहेको भलिबल स्पोर्ट कोर्डिनेटर सुन्दर थापा र किशोर मगरले जानकारी दिए ।
फुट्सलमा पनि आयोजकद्वारा २ टिमले सहभागिता जनाउने पक्का भएको र अर्को २ टिमलाई पनि सहभागिता गराउने कि नगराउने भन्ने बिषयमा फुट्सल कोर्डिनेटर बिमल गुरुङ र प्रतिक गुरुङका साथै फुटबल टिम क्याप्टेन किशोर मगर बिच छलफल चहिरहेको “ द हिमालयन टाईगर्स” क्लबका अध्यक्ष सन्तोष पाण्डेले जानकारी दिएका छन् ।