• २०८१ बैशाख ५ बुधबार

अर्जेन्टिनाको अर्को कोपा शुरु भयो - मेसी

kharibot

काठमाडौँ । अर्जेन्टिनाक फुटबलर लियोनेल मेसीले कोपा अमेरिकाको  क्वाटरफाइनलमा पुगेपछि अर्को कोपा शुरु भएको प्रतिक्रिया दिएका छन् ।

गएराती कतारलाई २-० गोल अन्तरले पराजित गर्दै समुह सी मा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको अर्जेन्टिनाको अर्को कोपा शुरु भएको मेसीले बताएका हुन् । समुह चरणमा तीन खेल खेलेको अर्जेन्टिनाले यस अघि कोलम्बियासँगको खेलमा हार बेहोरेको थियो भने पराग्वेसँग बराबरी खेलेको थियो ।

अर्जेन्टिना क्वाटरफाइनलमा पुगेपनि सेमिफाइनलमा पुग्न अझै धेरै सुधारिएको खेल खेल्नु पर्ने देखिएको छ । क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्ने भएको छ ।   

मेसीले कतारसँगको जितपछि यो जितले टिमलाई ठुलो हौसला मिलेको बताउदै अर्को कोपा सुरु भएको प्रतिक्रिया दिए । यो जितले टिमलाई एक बनाएर लैजाने भन्दै मेसीले समुह चरणबाट निस्किन आवश्यक रहेको जित टिमले हासिल गरेको खुशी व्यक्त गरे ।

जित्ने पर्ने खेलमा खेल्न मुश्किल हुने भन्दै उनले प्रतियोगिताबाट बाहिरिने डरले टिम अलिकति दबाब रहेको स्वीकार गरे । उनले दबाबका बिच पनि जित हासिल गरेर क्वाटरफाइनलमा पुगेकाले अब सो दबाबबाट बाहिर निस्किएको बताए ।

अहिलेसम्म सबै भन्दा बढी १० पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले पछिल्ला बर्षहरुमा भने उपाधि जित्न असफल भएको छ । २००४ देखि २०१६ सम्मका पाँच कोपामा चार पटक फाइनलमा पराजित भएर अर्जेन्टिना उपाधि जित्न बाट बन्चित भएको छ ।                             
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै