• २०८१ बैशाख १४ शुक्रबार

श्रम मन्त्रीलाई प्रश्नः युवा बेचविखनको आरोपबाट कहिले मुक्त हुने ?

kharibot

काठमाडौं । बाध्यताको रोजगारी बनेको वैदेशिक रोजगारीको विषयलाई लिएर प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । सोमबार बसेको बैठकमा प्रतिपक्षहरुले श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट समक्ष वैदेशिक रोजगारीको अन्त्य तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको विषयमा भएको बेथिति बारेमा जवाफ माग गरे ।

यसरी जवाफ माग गर्नेमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, नेपाली कांग्रेसकी नेतृ डिला संगौला , पुस्पा भूसाल, खगराज अधिकारी लगायतका सांसदहरु थिए । सांसद सुवालले श्रम अडिट भएका संस्थाको जानकारी तथा श्रम मन्त्रालय युवा बेचविखन मन्त्रालयको अरोपबाट मुक्त हुने दिन कहिले आउला  भन्ने प्रश्न गरे भने  काँग्रेस सांसद संग्रौलाले प्रधानमन्त्री रोजगार कार्यक्रम दुरुपयोग भएको, स्वरोजगार कार्यक्रम प्रभावकारी किन हुन नसकेको प्रश्न राखेका थिए । 

बैठकमा जावफ दिने क्रममा मन्त्री विष्टले प्रतिष्ठानहरुको श्रम अडिट भइरहेको बताए । उनले केहि प्रतिष्ठानमा श्रम अडिट प्रतिवदेन भएको कुनैमा कार्यान्वयनको लागि सरकारले निर्देशन दिनुपरेको बताए । 

बैठकमा उपस्थित सांसदले युवाहरुलाई बेचविखन गर्ने नाममा वैदेशिक रोजगारमा पठाउने विषयमा प्रस्तुत गरिएको चिन्ता साझा चिन्ता भएको मन्त्री विष्टले बताए ।

‘वैदेशिक रोजगारको चिन्ता हामीहरुको सबैको साझा चिन्ता हो , हामीले अधिकतम भन्दा अधिकतम रोजगारी देश भित्र सिर्जना गरी वैदेशिक रोजगारमा जाने वाध्यतालाई  न्यून गर्नका लागि सरकारले इतिहासमा पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको हो ,’ मन्त्री विष्टले भने, सायद नेपालको इतिहासमा रोजगारलाई सरकारले यो प्रकारले केन्द्रित गरेको विगतका सरकारको कुनै पनि कार्याकालमा भएको थिएन त्यसैले रोजगारको विषयलाई लिएर सरकारले गम्भिरतापूर्वक लिएको छ ।

सरकारले देशभित्र रहेका उमेर समहूको  जनशिक्तलाई अधिकतम भन्दा अधिकतम देश भित्र काम गर्ने अवसर सिर्जना गर्ने र त्यसको प्रवन्ध मिलाउने प्रक्रिया अघि बढाएको छ । सिगो संसद तथा सिंगो देशले  एकतावद्ध भएर नेपाललाई मािथ उठाउने गरी नेपालभित्र रोजगारी सिर्जना गर्ने गरी हामीले एकतावद्ध प्रयत्नका साथ हामी अघि बढ्यौं भने मुलुक मै रोजगार सिर्जना गर्न सफल भई सबल मुलुकको रुपमा देशलाई रुपान्तर गर्न सकिने मन्त्री विष्टको भनाई छ ।  

प्रधानमन्त्री रोजगार कार्यक्रममा पार्टीका कार्यकर्ता भत्र्ती केन्द्र जस्तो हुदाँ कार्यक्रम कै दुरुपयोग भन्ने विषयमा उनले सरकारले रोजगारी दिने विषयमा कुन पार्टी, कसका कार्यकर्ता हुन् भनेर युवाहरुलाई नहेरेको बताए । 

‘सरकारले बेरोजगार युवाहरुलाई कुन पार्टीमा मतदान गरेको ,कुन पार्टीमा मतदान नगरेको तथा कुन पार्टीका कार्यकता हुन् र होइनन् भनेर चिन्दैन , नचिनि नै रोजगारी दिएका छौं ,’ मन्त्री विष्टले भने । 

सरकारले पार्टी कार्यकर्ता वा गैर कार्यकर्ता भन्दा पनि बेरोजगार जनशक्तिलाई कामको आधार प्रदान गरेको बताँउदै उनले भने, बेरोजगारलाई कामको आधार प्रदान गर्ने गरी सरकारले आफनो दायित्व तथा कर्तव्यलाई इमान्दारतीका साथ पूरा गर्न प्रयत्नका साथ अघि बढेको हो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको यस प्रकारले चर्चा चल्नुमा निशाना एकातिर नजर अर्कोतिर भएको छैन भनि उनले प्रतिपक्षलाई प्रश्न समेत गरे । प्रधानमन्त्री रोजगार कार्यक्रम दुनियाँले बुझेको छन्, यसको कार्यान्वयनको लागि तयार गरिएको संरचना कार्यविधि, निर्देशिकाले यसले काम गर्ने क्षेत्र तय गरेको उनले बताए ।‘ रोजगार कार्यक्रम कार्यान्वयनको विधि, अनुगमनको विधि,भुक्तानीको विधि तय गरेको तथा आमजनताले यसलाई हेर्न बु्झन सक्ने विधि तय गरेको छ,’ मन्त्री विष्टले भने ।

पोशाक तथा सुरक्षाको लागि टोपी लगाएको चर्चा भएको भन्दै सो विषय श्रम ऐन २०७४ अनुसार नै भएको बताए । ऐन संसदले पारित गरेको हो, जस अनुसार श्रमिकको स्वास्थ्य, सुरक्षालाई ध्यानमा राख्दै उनीहरु आफैले औजार र पोशाकको प्रयोग गर्न सक्छन् । उनले मन्त्रालय एक्लैले ऐन पारित नगरेको बताँउदै संसदले पारित गरेको ऐन अनुसार श्रमिकको सुरक्षालाई सरकारले साथ दिएको बताए । सरकारले श्रमिकको सुरक्षाको लागि दिएको पोशाकको विषयमा प्रतिपक्षले संसदमा प्रश्न उठाउदाँ श्रमिकले थाहा पाएमा उनीहरुको मन दुख्ने मन्त्री विष्टको भनाई छ । 

‘श्रमिकको पोशाक भनेको संसदले पास गरेको ऐनलाई कार्यान्वयन अनुरुप भएको हो ,’ उनले भने । 

कामदारको सुरक्षाको लागि नै हेलमेट पोशाकहरुको व्यवस्था गरेको मन्त्री विष्टले बताए । उनले  प्रधानमन्त्री रोजगार कार्यक्रम तीनै तहमार्फत् कार्यान्वयन गर्ने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै