• २०८१ बैशाख ७ शुक्रबार

बाबुरामलाई गगनको जवाफ: विपीको विचार काँग्रेसको आत्मा हो, राप्रपाले अपहरण गर्न सक्दैन

kharibot

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापा र सम्ज्वादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच सामाजिक संजालमा जुहारी चलेको छ ।

केहि दिन अघि नेता थापाले गोरखाको पालुङटारमा पुगेर डा.भट्टराईलाई काँग्रेसले चुनावमा समर्थन गर्दै जिताएकोमा अब क्षमापुजा गर्नुपर्ने बताएपछि दुई नेताबीच सामाजिक संजालमा जुहारी चलेको हो ।

थापाको क्षमापुजाको जवाफ दिदै डा. भट्टराईले पहिला विपीको समाजवादलाई राप्रपाले अपहरण गरेको भन्दै पहिला त्यसलाई बचाउन र त्यसपछि क्षमापुजा गरौला भन्ने अभिव्यक्ति दिएका थिए ।      

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिएपछि डा. भट्टराईले थापाको सो भनाईको जवाफ दिएका थिए । 

‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथ दिन तयार छौं ।’ डा. भट्टराईले भने ।

त्यस अघि डा. भट्टराईले ट्वीटमार्फत नै प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘कांग्रेसका साथीहरुले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला, गोरखा र रसुवामा नयाँ शक्ति र नेपाली काँग्रेसबीच तालमेल भएको हो । 

गोरखा–२ मा नयाँ शक्ति र रसुवामा नेपाली काँग्रेसले जितेको हो । नयाँ शक्तिको समर्थन विना नेपाली काँग्रेसले रसुवामा जित्ने थिएन भन्ने चाहीँ किन बिर्सेको ? एकता र विरोध दुवै हुन्छ है लोकतन्त्रमा !’ 

अब डा. भट्टराईको विपीलाई राप्रपाले अपहरण अग्रेको भनाईको काउन्टर दिदै थापाले मंगलबार आफ्नो सामाजिक संजालमा जवाफ दिएका छन् ।

थापाले विपीको विचार काँग्रेसको आत्मा हो डा. भट्टराईलाई जसरी हिजो त्यसलाई तपाईंको 'जनसरकार'को हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन भन्ने जवाफ दिएका छन् ।

थापाले भनेका छन्,' "विपीलाई अब राप्रपाले अपहरण गरेछ! पहिले अपहरित विपीको रक्षा गर” डाक्टर साब, चिन्ता नगर्नूस् । विपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईंको 'जनसरकार'को हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन ।'         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै