• २०८१ बैशाख ७ शुक्रबार

बर्दियामा प्रेसर कुकर बम फेला

kharibot

बर्दिया (गुलरिया) । नेत्र विक्रम चन्द(विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको आज बन्दको विहान पख राजमार्गमा दुई वटा प्रेसर कुकर बम फेला परेको छ ।

बर्दियाको सदरमुकाम गुलरिया स्थित हुलाकी सडक अन्र्तगत डिभिजन वन कार्यालय गुलरिया नजिक र पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए । 

सरकारले सर्लाहीमा आफ्ना कार्यकर्ता विनाकारण हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लवले बन्दलाई लक्षित गर्दै सडकमा बम राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

बम डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पार्ने काम गरिरहेको डीएसपी महराले जानकारी दिए ।

विप्लवको बन्द आब्हान गरेका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ । पसलहरु सम्पुर्ण बन्द रहेका छन भने  बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधनहरुलाई प्रहरीले स्कर्टिक गरेर गन्तव्य स्थान तर्फ लगिरहेको प्रवक्ता डि.एस.पी. महराले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै