• २०८१ बैशाख १२ बुधबार

गलबन्दी विवाद संसदमा : सामाजिक संजालमा अपमान भयो, कानुनी दयारामा ल्याउ !

kharibot

काठमाडौँ । अहिलेको चर्चित लोकदोहोरी गीत ‘गलबन्दी' को विवादको चर्चा आज पनि संसदमा भएको छ ।

मंगलबारको बैठक शुरुहुना साथ शुन्य समयमा सांसदहरुले गलबन्दीको विषयमा बोलेका हुन् । शुन्य समयमा बोल्दै सांसद विमला विकले गलबन्दीको विवादमा सामाजिक संजालमा सर्जक प्रकाश सपुतको अपमान गरिएको र अछुत तथा कुजात भनेर टिप्पणी गरिएकोमा आपत्ति जनाउदै सामाजिक संज्ञालमा भएका यस्ता टिप्पणीलाई कानुनी दयारामा ल्याउन माग गरेकी छन् ।        

सांसद बिकले भनिन् - सर्जक प्रकाश सपुत र शान्तिश्री परियारले गलबन्दी गीत गाउनु भयो । यो गीत एक महिना भित्र हजार लाख होइन एक करोडभन्दा बढी नेपालीहरु देश बाहिर र भित्रका नेपालीको मन मुटुमा पुग्यो तर अचम्म लाग्छ की छोटो समयमा धेरै दुरी पार गर्नेलाई राम्रो धावक भनेर सम्मान गरिन्छ राम्रो खेल खेल्ने खेलाडीलाई राम्रो खेलाडी भनेर सम्मान गरिन्छ, तर छोटो समयमा धेरै नेपालीको मन मस्तिष्कमा पुग्ने कलाकारलाई छुत र कुजात भनेर अपमान गरियो, यसमा सरकार मुकदर्शक मात्र बनेको छ । आफ्नो गीतको लय बाझियो भन्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार सर्जकहरु र समग्र दलित समुदायलाई अपमान गर्ने सामाजिक संजालमा जुन व्यक्तिहरु आएका छन् यसलाई कानुनी दायरामा ल्याएर अबिलम्ब कारवाही गरियोस् ।'

गलबन्दी गीतको विवादबारे बोल्दै अर्का सांसद महेश्वर सिंह गहतराजले पनि सामाजिक संजालमा भएको अपमानजनक टिप्पणीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे । 

उनले भने- सर्जक प्रकाश सपुत र शान्तीश्रीले अहिले भर्खरै गाएको गलबन्दी गीतले जुन चर्चा परिचर्चा र सबै ननेपालीको मन मनमा र हृदयमा बस्न बस्न सफल भएको छ, त्यो गीतका सर्जकलाई आज जसरी अपमान हुने ढंगले घिर्णीत हुने ढंगले जुन अभियान संचालन भएको छ यसले उनको मानमर्दन गर्ने र समुदाय लक्षित सामाजिक संजालमा जुन अभियान देखिएका छन् त्यो खालको अपराधपूर्ण कार्य गर्नेलाई तत्काल कारवाही गर्न सरकारले गम्भीर चालोस् र यदि त्यो गीत कपि भएकै हो भने त्यसको लागि कानुनी उपचार छ, त्यसका लागि विभिन्न निकाय रहेका छन् ।'

गलबन्दी गीतको विवादबारे सोमबारको बैठकमा नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले गलबन्दी गीतको बचाउ गर्दै यस विषयलाई संसदमा प्रवेश गराएका थिए ।

गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको सो गीत वरिष्ठ गायक शम्भु राईले आफ्नो एल्बम देउसी भैलोको ‘आउ नाचौं साथी हो..’ बोलको गीतसँग मिलेको दाबी गर्दै आएका छन् । राईको दाबी पछि अहिले 'गलबन्दी' को पक्ष र विपक्षमा सामाजिक संजालदेखि मिडिया समेत विभाजित भएका छन् ।

गीतका सर्जक शम्भु राईले आफ्नो गीतको कपी गरेर 'गलबन्दी' का गायक तथा सर्जक प्रकाश सपुतले बजारमा ल्याएको भन्दै क्षतिपूर्ति माग दावी गर्दै मुद्धा दायर गरेका छन् ।

शम्भु राईले सहमति गरौ भनेर दोश्रो पक्षसँग कुराकानी गरेपनि सहमति हुन नसकेपछि मुद्धा दायर गरेको बताएका छन् ।

गायक राईले आफ्नो गीत ‘आऊ नाचौं साथी हो’को कपी गरेर प्रकाश सपुतले गलबन्दी गीत सार्वजनिक गरेको भन्दै मुद्धा दायर गरेका हुन् ।

यस गीतको विषयमा विवाद भएपछि गायक प्रकाशले शम्भु राईलाई सम्बोधन गर्दै 'एक अनुजको पत्र अग्रजलाई' शिर्षकमा एक खुला पत्र समेत लेखेका थिए ।

 

सोमबारको बैठकमा मीनबहादुर विश्वकर्मा :  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै