• २०८१ बैशाख ७ शुक्रबार

विश्वकपमा शकिब अल हसनको दबदबा

kharibot

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनलको दौडमा आफुलाई जिवितै राखेको छ ।

अहिलेसम्म ७ खेल खेलेको बंगलादेश ७ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । बंगलादेशले अब दुई खेल खेल्ने छ । बंगलादेशले अब जुलाई २ मा भारतसँग खेल्दै छ भने जुलाई ५ मा पाकिस्तानसँग खेल्दै छ ।

यस विश्वकपमा बंगलादेशका लागि अलराउन्डर शकिब अल हसनले अलराउन्ड प्रदर्सन गर्दै बंगलादेशको जितमा प्रमुख भूमिका निभाएका छन् । उनले अहिलेसम्म २ शतक र ३ अर्धशतक बनाएका छन् भने उनले १० विकेट समेत लिएका छन् ।
अफगानिस्तानविरुद्धको खेलमा अर्धशतक बनाएका शकिबले ५ विकेट समेत लिएर बंगलादेशलाई सेमिफाइनलको यात्रामा जिवितै राख्न महत्वपपूर्ण भूमिका निभाए ।

यस खेलमा उनले गरेको प्रदर्शनपछि उनले कैयौ रेकर्ड समेत बनाएका छन् । शकिबले विश्वकप क्रिकेटमा एक हजार रन पुरा गर्दै हजार रन बनाउने बंगलादेशका पहिलो क्रिकेटर बनेका छन् । विश्कपमा १०१६ रन बनाएका शकिब विश्वकपमा धेरै रन बनाउने खेलाडीको सुचीमा १६औ स्थानमा छन् । विश्वकपमा धेरै रन बनाउने रेकर्ड सचिन तेन्दुलकरको नाममा छ । सचिनले विश्वकपमा २२७८ रन बनाएका छन् ।

त्यस्तै शकिब विश्वकपमा हजार रन पुरा गर्ने र २५ विकेट लिने विश्वका दोस्रो खेलाडी बनेका छन् । शकिबले विश्वकपमा अहिलेसम्म १०१६ रन बनाउनुका साथै २८ विकेट समेत लिएका छन् । यस अघि श्रीलंकाका सनथ जयसूर्याले ११६५ रन बनाउनुका साथै २७ विकेट समेत लिएका थिए ।

साथै शकिबले मुशफिकुर रहीमसँग मिलेर बंगलादेशका लागि एकदिवसीय क्रिकेटमा तीन हजार रनको साझेदारी गर्ने पहिलो जोडी समेत बनेका छन् ।

शकिब यस विश्वकपमा ६ खेलमा २ शतक र ३ अर्धशतकसहित ४७६ रन बनाउदै धेरै रन बनाउने खेलाडीको शिर्ष स्थानमा रहेका छन् । शकिबले वेस्टइण्डिज (१२४) र इङल्याण्ड (१२१) विरुद्ध शतक प्रहार गरेका थिए भने दक्षिण अफ्रीकाविरुद्ध ७५, न्युजील्याण्डविरुद्ध ६४ रन र अस्ट्रेलियाविरुद्ध ४१ रन बनाएका छन् ।

त्यस्तै शकिबले प्रतियोगितामा १० विकेट लिदै धेरै विकेट लिने खेलाडीको सुचिमा पाँचौ स्थानमा रहेका छन् ।

यसरी शकिब यस विश्वकपमा अहिलेसम्मका सबै भन्दा उत्कृष्ट खेलाडीको सुचिमा शिर्ष स्थानमा रहेका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै