• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा सामान्य सुधार : कमाउने र गुमाउने समुह बराबर

kharibot

काठमाडौ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्सेमा सामान्य सुधार देखिएको छ ।

नेप्से शुन्य दसमलव ९६ अंकले बढेर १२ सय ६१ दसमलव सात बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव चार अंकले बढेर दुई सय ७१ दसमलव ४४ बिन्दुमा चढेको छ ।

एक सय ७४ कम्पनीहरुको पाँच हजार पाँच सय ८७ वटा कारोवारमा १३ लाख २४ हजार पाँच सय १९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३६ करोड ४७ लाख ७३ हजार तीन सय ३० रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा कमाउने र गुमाउने समुह बराबर देखिएकाछन ।  सो अनुरुप बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ३९ अंकले बढेर ११ सय ३४ दसमलव ७२ बिन्दुमा चढ्दा जलबिद्युत समुहको सुचक पनि एक दसमलव दुई अंकले बढेर ११ सय ९९ दसमलव तीन बिन्दुमा चढेको छ ।  

निर्जिवन बीमा समुहको सुचक पनि पाँच दसमलव ३१ अंकले बढेर पाँच हजार एक सय ५६ दसमलव ९६ बिन्दुमा चढेको छ । यि बाहेक जीवन बीमा, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि बढेकाछन ।

बिकास बैंक समुहको सुचक भने शुन्य दसमलव ५२ अंकले घटेर १५ सय ९५ दसमलव ३९ बिन्दुमा झरेको छ । यसैगरी होटल, ट्रेडिङ, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको गणपती लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९२ पैसाले बढेर चार सय ३२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ६६ पैसाले घटेर एक सय ८७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको प्रतिकित्ता दुई सय ५५ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ५३ लाख ८४ हजार सात सय १६ रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै