• २०८१ बैशाख १३ बिहीबार

बलिवुडमा २७ बर्ष : यी ५ फिल्म छोडेकोमा अहिले पनि पछुताउछन् शाहरुख

kharibot

मुम्बई । बलिवुडका किङखान अभिनेता शाहरुख खानको बलिवुडमा २७ बर्ष पुरा भएको छ । आजकै दिन शाहरुखको बलिवुडमा पहिलो फिल्म दिवाना रिलिज भएको थियो । यस क्रममा शाहरुख खानले कैयौ सुपरहिट र फ्लप फिल्ममा काम गरे । अन्य अभिनेताहरुको जस्तै उनको बलिवुड यात्रा आरोह अवरोहपूर्ण रहेको देखिन्छ ।

यस रिपोर्टमा हामीले शाहरुख खानले यस अवधिमा छोडेका फिल्म जो बक्स अफिसमा सुपरहिट बने ति फिल्महरुको चर्चा गर्न खोजेका छौ ।

शाहरुखले छोडेको सुपरहिट फिल्मको सुचिमा फिल्म लगान रहेको छ । बक्स अफसिमा सुपरहिट फिल्म लगानलाई शुरुमा न्रिदेश्क आशुतोष गवारिकरले शाहरुख खानलाई अफर गरेका थिए । तर आशुतोषलाई शाहरुखले यस फिल्ममा आमिरलाई साइन गर्न सल्लाह दिएको बताइन्छ ।

शाहरुखले छोडेको अर्को फिल्म थ्रीइडियट्स पनि हो । शाहरुखले थ्रीइडियट्सको स्क्रिप्ट मन पराएको भएपनि अत्यधिक व्यस्त भएका कारण समयको अभावमा यो फिल्म छोडेका थिए । शाहरुखले छोडेको थ्रीइडियट्सले २ सय करोडभन्दा बढीको कलेक्सन गरेको थियो । 

शाहरुखले छोडको अर्को फिल्म कहो ना प्यार हो । बलिवुडमा अहिलेसम्म कै धेरै अवार्ड जित सफल ऋतिक रोशनको फिल्म कहो ना प्यार है शुरुमा शाहरुखलाई अफर गरिएको थियो । तर शाहरुखले यो रोल आफुलाई शुट नगर्ने भन्दै छोडेका थिए । बलिवुडमा १०२ अवार्ड जितेको यो फिल्ममा पछि निर्माता निर्देशक राकेश रोशनले आफ्नै छोरा ऋतिक रोशनलाई यसै फिल्मबाट डेभ्यु गराएका थिए ।

शाहरुखले छोडेको अर्को सुपरहिट फिल्म मुन्नाभाई एमबीबीएस रहेको छ । तर शाहरुखले छोडेको यो फिल्म संजय दत्तको क्यारियरकै सबै भन्दा सफल फिल्म बन्न पुग्यो । फिल्मका निर्देशक राजकुमार हिरानीले पहिला यस फिल्मका लागि शाहरुख र ऐश्वर्या रायलाई अफर गरेका थिए । तर पछि यो फिल्म संजय दत्त र ग्रेसी सिंहले अभिनय गरेका थिए ।

त्यस्तै सलमान खानको सुपरहिट फिल्म एक था टाइगर पहिला शाहरुख खानलाई अफर गरिएको थियो । फिल्मका निर्देशक कबीर खानले यो फिल्म पहिला शाहरुख खानलाई अफर गरेपनि समय अभावमा उनले यो फिल्म गर्न सकेनन् । तर सो रोल पछि सलमान खानले निभाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै