• २०८१ बैशाख ७ शुक्रबार

विप्लवको यो भनाईले प्रचण्डको दिमाग हल्लियो !

kharibot

भरतपुर । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द 'विप्लव' चाँडै राजनीतिक मूलधारमा आउने दाबी गरेका छन् ।

भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले 'विप्लवले बुझ्न थालेको संकेत आफूले पाएको' दाबी गरेका छन् । 

विप्लवलाई नजिकबाट चिन्नेमध्ये आफू पनि एक भएको बताउँदै प्रचण्डले भने, 'घटनाक्रमले उहाँलाई पनि नयाँ सोचतिर जान प्रेरित गरेको छ । ढिलो चाँडो आउनुहुन्छ।'  सशस्त्र आन्दोलनबाट पार नलाग्ने भए पनि लामो समयको संघर्षबाट प्राप्त शान्ति र स्थितरता बिथोलिने चिन्ता भने रहेको उनले बताए । 

नेतृत्वकर्ताको हिसाबले आफूप्रति विप्लवलाई कुनै घृणा नभएको उनको विश्वास छ । शान्तिप्रक्रियामा आएपछिको 'मार्मिक कुरा' भन्दै प्रचण्डले एउटा घटना सुनाए । 

प्रचण्डका अनुसार पार्टी एकीकृत अवस्थामै रहँदा एउटा बैठकमा विप्लवले भनेका थिए, 'कमरेड ! तपाईँले काठमाडौं त ल्याउनुभयो । तर मलाई कस्तो अनुभूति भयो भने नुवाकोटको भर्खरको तामाङ केटीलाई काठमाडौं लान्छु भनेर बम्बै लगेजस्तो भयो ।' विप्लवले भनेको

यो कुराले आफ्नो पनि दिमाग हल्लिएको प्रचण्डको भनाइ छ । 'मैले कसैलाई पनि बम्बै लगेको होइन, सबैलाई नेपालमै र काठमाडौंमै ल्याएको हो', प्रचण्डले भने, 'मैले पाएको संकेतमा उहाँले यो कुरा बुझ्न थाल्नुभएको छ । अब शान्तिपूर्ण समाधान हुन्छ ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै