• २०८१ बैशाख १४ शुक्रबार

असारको दोस्रो सातादेखि त्रिभुवन विमानस्थल २४ घण्टा सञ्चालन

kharibot

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आगामी असारको दोस्रो सातादेखि २४ औ घण्टा सञ्चालन हुने भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा अर्थमन्त्री युवराज खतिवडाले जुन अर्थात् असारको दोस्रो सातासम्म विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम सम्पन्न भई २४ घण्टा सञ्चालनमा आउने बताए ।

मुलुकमा  १२ लाख पर्यटक भित्रिदा हवाई क्षमताले भ्याउन कठिन भएको भन्दै उनले सो अवस्था हटाउनको लागि त्रिभुवन विमानस्थलको स्तरन्नोत्तिको काम भइरहेको बताए । ‘हाल धावनमार्गको पूनः निर्माणको काम अधिकांश सम्पन्न भएको छ जुन महिना भित्र पुनः निर्माणको काम सम्पन्न भएपछि रात्रिकालिन उडान अवतरण गर्न सकिन्छ अर्थात् २४ घण्टा सञ्चालन गर्न सकिन्छ ,’ उनले भने । 

यस्तै मन्त्री खतिवडाले गौतमबुद्ध विमानस्थलको पनि धावनमार्ग निर्माण कार्य सम्पन्न भएको बताए ।‘ विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएको छ यस आर्थिक वर्षको पुससम्म टर्मिनल भवन निर्माण सम्पन्न गरी व्यवसायिक उडानतर्फ लाग्ने योजना छ ,’ उनले भने, ‘गौतमबुद्ध विमानस्थल मार्फत् अन्तराष्ट्रिय उडानका लागि अनुमति लिने र व्यवसायिक योजना तयार गर्ने लगायतका कामहरुमा सरकारले ध्यान दिएको छ ।’

पोखरा विभानस्थल दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताँउदै मन्त्री खतिवडाले निजगढ अन्तराष्ट्रिय विमानस्थलको हकमा भने लागनी सम्मेलनमार्फत् लगानीकर्ताहरुले सो विमानस्थलमा लगानी गर्ने इच्छा व्यक्त गरेको बताए । सोहि अनुरुप त्यसको प्रारम्भिक अध्ययन मूल्याकन हुदैछ त्यसको आधारमा निजीगढ विमानस्थललाई निजी क्षेत्रको सहभागीतमा सार्वजनिक निजी साझेदारी मोडेल अनुरुप अघि बढाउने गरी काम अघि बढेको उनको भनाई छ । 

उनले मुलुकमा रहेका धेरै भन्दा धेरै आन्तरिक विमानस्थलहरुको स्तरोन्नति गर्नुपर्ने बताए ।  त्यसअन्र्तगत कतिपय विमानस्थलको धावनमार्ग विस्तार,  धावनमार्गको स्तरोन्नति, नयाँ विमानस्थलको सम्भावयता अध्ययन गरी निर्माण गर्नु पर्ने छ, उनले भने । आन्तरिक विमानस्थलको सुधारका कामहरु बजेट वक्तव्यमा भनिए अनुरुप नै भएको मन्त्री खतिवडाको भनाई छ । 

नेपाल सरकारको बजेट तथा नागरिक उड्यान प्राधिकरणकोे स्रोतमार्फत संयुक्त लगानीमा सरकारले यस्ता पर्यटकीय पूर्वाधारहरु जस्तो हवाई सेवा विस्तारका कार्यक्रमहरु सरकारले अघि बढाएको उनले बताए ।  

पर्यटन प्रवद्र्धन पूर्वाधारको कुरा गर्दा पर्यटकीय स्थलहरुको संरक्षण सम्र्वद्धन र विकास गर्ने कुरामा जोड  दिनुपर्ने उनले बताए । काठमाडौं तथा पोखरा केन्द्रत पर्यटन व्यवसायलाई मुलुकभर कसरी लाने भन्ने विषयमा सरकारले ध्यान दिएको मन्त्री विष्टले बताए । 

सरकारले बजेट मार्फत सय नयाँ गन्तव्यको पहिचान गरी पर्यटकहरुलाई त्यहाँ पु¥याउने योजना अघि सारेको बताए ।  ‘जसअनुरुप  केहि पुराना गन्तव्यहरुलाई सुधार गर्दै लैजाने छौं ,’ उनले भने । सरकारले साहासिक गन्तव्य,  धार्मिक, मनोरञ्जनका गन्तव्य श्रेत्रहरु सम्मेलन पर्यटन ,स्वास्थ्य शिक्षासँग सम्वन्धित श्रेत्रका पूर्वाधारहरु पनि क्रमश विकास गर्दै लैजाने सोच अनुरुप बजेट विनियोजन गरेको मन्त्री विष्टले बताए ।  

मुलुकमा हवाई सुरक्षाको विषय महत्वपूर्ण रहेको उनले बताए ।  हवाई सुरक्षा सम्वन्धी कुरामा राडारको क्षमता विस्तार गर्दै लैजाने, युरोपियन युनियन (ईयु) ले हवाई सुराक्षा राखेको कुरालार्ई हामीले हटाउनको लागि कोशिस गर्ने र क्रमश हामीले जलवायुको अनुमान गर्न सक्ने विधिलाई विकास गर्दै हप्ताभरिको जलवायु परिवर्तन र हावापानीको विषयमा ज्ञान राखी हवाई दुर्घटना कम गर्न विषयलाई बजेट मार्फत ध्यान दिएको मन्त्री विष्टले बताए । ‘जलवायुजन्य कारणले हवाई दुर्घटना हुन सक्ने कुरालाई रोक्दै जाने तर्फ हामीले विशेष ध्यान दिएका छौं,’ उनले भने ।

अलिकति बढी पछिल्लो समय भएका केहि हवाई दुर्घटना तथा हेलिक्पटर दुर्घटनाले सरकारको बढी ध्यानाकार्षण भएको बताँउदै उनले भने,‘ हवाई सुराक्षा सम्वन्धि हाम्रा क्षमताहरु विकास गर्नुपर्ने देखिन्छ ।’

सडक निर्माण, पुरातात्वकि स्थलको पुनःनिर्माणमा केहि समय लागको उनले बताए । ‘पुनः निर्माणको काममा समय लागेपनि पछिलो चरणमा रानी पोखरी धरहरा निर्माण कार्यले उल्लेखनीय प्रगति हासिल गरेको छ, उनले भने ।’  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै