• २०८१ बैशाख ८ शनिबार

इङल्याण्डको कम्ब्याक, अस्ट्रेलिया २८५ रनमा रोकियो

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले इङल्याण्डलाई २८६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउदै २८५ रन बनाएको हो ।

अस्ट्रेलियाका कप्तान एरोन फिन्चले उत्कृष्ट ब्याटिंग गर्दै शतकीय पारी खेले । फिन्चले ११६ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेर आउट भए ।

फिन्चको यस विश्वकपमा यो दोस्रो शतक हो । फिन्चले यस अघि श्रीलंकाविरुद्धको खेलमा १५३ रनको आक्रामक पारी खेलेका थिए ।

फिन्चले यस खेलमा पहिलो विकेटका लागि डेभिड वार्नरसँग मिलेर १२३ रनको साझेदारी गरेका थिए । वार्नर ५३ रन बनाएर आउट भएका थिए । त्यस्तै दोस्रो विकेटका लागि फिन्चले उसमान ख्वाजासँग मिलेर ५० रनको साझेदारी गरेका थिए । 
फिन्चले यस विश्वकपमा २ शतक र ३ अर्धशतक प्रहार गर्दै ४९६ रन बनाएका छन् ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ५३ रन बनाएका थिए । त्यस्तै स्टिभन स्मिथले ३८ रन बनाए भने उसमान ख्वाजाले २३, एलेक्स केरीले आक्रामक २७ बलमा अविजित ३८ रन बनाए भने, ग्लेन म्याक्सवेलले १२, मार्कोस स्टोइनिसले ८, पाट कमिन्सले १ रन बनाए । त्यस्तै मिचेल स्ट्राकले अविजित ४ रन बनाए ।  

एक समय बलियो अवस्थामा रहेको अस्ट्रेलियाले ३५ ओभरपछि लगातार विकेट गुमाउदा ठुलो योगफल बनाउनबाट चुकेको छ । इङल्याण्डका बलरहरुले अन्तिम १५ ओभरमा कमब्याक गर्दै अस्ट्रेलियालाई ३ सय रन भित्रै रोकेका हुन् ।

अस्ट्रेलियाका बलर क्रिस वोक्सले २ विकेट लिएका थिए । त्यस्तै जोफ्रा आर्चर, मार्क वुड, बेन स्टोक र मोइन अलीले एक एक रन बनाएका थिए ।

प्रतियोगितामा अहिलेसम्म अस्ट्रेलियाले ६ खेलमा केवल एक खेल हार्दै १० अंक सहित दोस्रो स्थानमा छ भने त्यस्तै ६ खेलमा २ खेल हारेको इङल्याण्ड ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै