काँग्रेसले जागरण अभियानका सम्बन्धमा अन्तरक्रिया गर्दै

खरीबोट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  

काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग  बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, र्याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएका पार्टी कार्यालयले जनाएको छ । जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको थियो । 

अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (बिपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने र तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिनेछ । काङ्ग्रेसले जागरण अभियानको प्रथम चरणको समीक्षालगायत अन्य विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते बोलाएको छ ।
 
 

सम्बन्धित समाचार

जनताका मन जित्ने काम गरेर देखाउनुहोस् : सभापति देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका छन् ।  मध्यपुरथिमिको बोडेमा आज काङ्ग्रेसको केन्द्रीय

नेकपा-काँग्रेसको प्रतिष्ठा बन्दै एनआरएनए निर्वाचन, को को बन्दै छन् उम्मेदवार ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन

हत्या आरोपी काँग्रेस सांसद आलमको सेवासुविधा रोक्का

काठमाडौँ । हत्या आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमको सेवासुविधा रोकिएको छ । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलमको सेवासुविधा रोक लगाइएको जानकारी दिएको हो । रौतहट क्षेत्र

काँग्रेसको चियापान, प्रधानमन्त्री ओली सहभागी

काठमाडौं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काँग्रेसले आयोजना गरेको  चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम एक बजेदेखि शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा पार्टी कार्यकर्ता एवं आमन्त्रितको


z