• २०८१ बैशाख ११ मंगलबार

सांसद प्रदीप यादव समाजवादी पार्टीबाट ६ महिनाका लागि निलम्बित

kharibot

काठमाडौं । समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन गरेको छ । 

लात्भियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएको भन्दै उनलाई निलम्बन गरिएको हो । गत मे महिनामा भएको कार्यक्रममा यादवसँगै राजपाका सांसद एकवाल मियाँ सहभागी भएका थिए ।

समाजवादी पार्टीले लात्भिया भ्रमणबारे सांसद यादवसँग स्पष्टीकरण सोधेको थियो । यादवको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको पदाधिकारी बैठकले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । 

बैठकपछि महासचिव प्रकाश अधिकारी जारी गरेको विज्ञप्तिमा, ‘पार्टीको नीति विपरीत काम गरेको पाइएकाले निलम्बनको निर्णय गरिएको हो ।’ उल्लेख गरिएको छ ।  

सांसद यादवलाई पार्टी सदस्यबाट निलम्बन गरिएको तर सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय भने भएको उल्लेख अग्रिएको छैन ।

नेपाली सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भए लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै