काठमाडौँ । नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीचको एकीकरण भोलि सोमबार हुने भएको छ ।
यसअघि आइतबार साँझ ५:३० बजे दुई पार्टीबीच एकीकरण हुने भनिएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले दुई दलबीच एकीकरण सोमबार बिहान ११ बजे हुने जानकारी दिएको छ । सचिवालयका अनुसार निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची बुझाउने अन्तिम दिन भएकाले आइतबार एकीकरण कार्यक्रम गर्न नभ्याइएको बताएको छ । गच्छदारलाई कांग्रेसको महामन्त्री बनाउने गरी पार्टी एकीकरण हुन् लागेको बताइएको छ ।