• २०८१ बैशाख १३ बिहीबार

रुपन्देहीमा चट्याङ लागेर तीन जनाको मृत्यु

kharibot

रुपन्देही । चट्याङ लागेर रुपन्देहीमा मंगलबार तीन जनाको मृत्यु भएको छ । साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक रहेका छन् ।

उपचारका क्रममा मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

चट्याङ्गका कारण धेरै जनधनको क्षति हुने गरेको छ । गृहमन्त्रालयको एक आँकडा अनुसार  गत वर्ष पनि नेपालमा चट्याङका कारण ६८ जनाको मृत्यु भएको थियो, ४ सय घाइते भएका थिए । यो वर्ष पनि अहिलेसम्म ३१ जनाको मृत्यु भइसकेको छ, १ सय ३९ जना घाइते भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै