• २०८१ बैशाख १३ बिहीबार

चेल्सीको प्रशिक्षक लाम्पार्ड नै बन्ने निश्चित !

kharibot

काठमाडौँ । प्रिमियर लिग क्लब चेल्सीले आफ्ना पूर्व खेलाडी फ्र्यांक लाम्पार्डलाई नयाँ म्यानेजरको रुपमा भित्र्याउने अन्तिम तयारी गरेको छ ।

आफ्ना म्यानेजर माउरिजियो सारीले क्लब छोडेर युभेन्टस गएपछि लाम्पार्ड आफ्नै पुर्व क्लब चेल्सीमा म्यानेजर बन्ने भएका हुन् ।

द सनका अनुसार लाम्पार्ड र चेल्सीबीच प्रति सिजन ५.५ मिलियन पाउण्ड पारिश्रमिक लिने गरी लाम्पार्डसँग सम्झौता हुने भएको हो ।

लाम्पार्डले आउदो केहि दिनमा नै चेल्सीको प्रशिक्षक पद सम्हाल्ने बताइएको छ ।

चेल्सी छोडेका सारीले चेल्सीलाई यस बर्षको युरोपा लिग जिताएका थिए भने प्रिमियर लिगमा तेस्रो हुदै सिजन सकेर च्याम्पियन्स लिगका लागि छनौट गराएका थिए ।   

केबल एक सिजन मात्र क्लबको म्यानेजरको अनुभव भएका लाम्पार्डले डर्बी काउन्टीलाई प्रिमियर लिगमा ल्याउन नसके पनि प्लेअफसम्म भने पुर्याएका थिए ।

चेल्सीमा १३ बर्ष फुटबल खेलेका लाम्पार्डले ६४८ खेल खेल्दै २११ गोल गरेका थिए । चेल्सीमा खेलाडीका रुपमा लाम्पार्डले तीन पटक प्रिमियर लिग, चार पटक एफए कप, दुई पटक लिग कप, २ पटक कम्युनिटी सिल्ड, एक पटक च्याम्पियन्स लिग र एक पटक युरोपा लिग जिताएका थिए ।

उनी चेल्सीका लागि २११ गोल गर्दै क्लबका लागि अहिलेसम्म धेरै गोल गर्ने खेलाडी समेत हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै