• २०८१ बैशाख ७ शुक्रबार

वार्नर र फिन्च बने यस विश्वकपको सफल जोडी

kharibot

काठमाडौँ । जारी विश्वकपमा अस्ट्रेलियाले आयोजक इङल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसका साथै यस विश्वकपमा सेमिफाइनलमा पुग्ने अस्ट्रेलिया पहिलो देश समेत बनेको छ ।

इङल्याण्डविरुद्ध अस्ट्रेलियाका ओपनर डेभिड वार्नर र कप्तान एरोन फिन्चले शतकीय साझेदारी गर्दै अस्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि १२३ रनको साझेदारी गरेको यो जोडी विश्वकप क्रिकेटको इतिहासमै सफल जोडी मध्ये एक बनेको छ ।

वार्नर र फिन्चको जोडी एक विश्वकपमा तीन शतकीय साझेदारी गर्ने चौथो जोडी बनेका छन् । यो जोडीले यस विश्वकपमा तीन शतकीय साझेदारी गरेका थिए । इङल्याण्डविरुद्ध १२३ रनको साझेदारी गरेको यो जोडीले पाकिस्तानविरुद्ध १४६ रनको साझेदारी गर्दै यस विश्वकपमा अहिलेसम्म पहिलो विकेटका लागि धेरै रनको साझेदारी गर्ने रेकर्ड समेत बनाएका छन् । त्यस्तै बंगलादेशविरुद्ध पनि यो जोडीले १२१ रनको साझेदारी गरेको थियो ।

यस विश्वकपमा वार्नर र फिन्च दुवै उत्कृष्ट फर्ममा रहेका छन् । प्रतियोगितामा अहिलेसम्म धेरै रन बनाउने सुचिमा वार्नर २ शतक र ३ अर्धशतकसहित ५ सय रन बनाएर शिर्ष स्थानमा छन् भने फिन्च पनि २ शतक र ३ अर्धशतकसहित ४९६ रन बनाएर दोस्रो स्थानमा रहेका छन् ।

एकै विश्वकपमा पहिलो विकेटका लागि तीन शतकीय साझेदारी भने पहिलो पटक सन् १९९६ विश्वकपमा श्रीलंकाका लागि अरविन्द डि सिल्वा र आविष्का गुरुसिंघाले गरेका थिए ।

त्यसपछि सन् २००७ को विश्वकपमा अस्ट्रेलियाका एडम गीलक्रिष्ट र म्याथ्यु हेडनले तीन शतकीय साझेदारी गरेका थिए । त्यस्तै सन् २०१५ को विश्वकपमा श्रीलंकाका तिलकरत्ने दिलशान र कुमारा सांगाकाराले पनि तीन शतकीय साझेदारी गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै