काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल समयमा सुरु नहुने भएको छ ।
हङकङ क्रिकेट एसोसिएशनले आइतबार आएको समुन्द्री आधीका कारण अहिले सम्म पनि वर्षा भैरहेकाले खेल समयमा सुरु नहुन सक्ने जानकारी दिएको छ ।
आइतबार पनि समुन्द्री आधी आएकाले सुरक्षाको कारण देखाउदै खेल आजका लागि स्थगित गरिएको थियो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा यस अघि सुक्रबार भएको खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।
नेदरल्याण्ड्स १८ अंक र पपुवा न्यूगिनी १६ अंक ल्याएर विश्वकप क्वालिफायर खेल्न छनौट भैसकेका छन् । अब बाँकी दुई स्थानका लागि स्कटल्याण्ड १५ अंक सहित तेस्रोहङकङ १३ अंक सहित चौथो, केन्या १२ अंक सहित पाचौ, र नेपाल अंक ८ सहित छैठौ स्थानमा रहेर प्रतिष्पर्धा गरिरहेका छन् ।