• २०८१ बैशाख ५ बुधबार

'रोमान्स होइन, सित्तैमा खान डेटमा जान्छन् एकतिहाइ महिला'

kharibot

काठमाडौँ । यदि मानिसहरुलाई डेटमा किन जानुहुन्छ भनी सोध्ने हो भने हरेकले सुन्दर पल बिताउन र रोमान्सका लागि भन्ने उत्तर दिनेछन् भनी तपाईं सोच्नुहोला । तर, वास्तविकता योभन्दा केही फरक छ । यसको वास्तविकता तपाईंलाई सुन्दै अचम्म लाग्न सक्छ । केही व्यक्ति केवल सित्तैमा खान डेटमा जाने गर्दछन् । हालसालै गरिएको एक अध्ययनले यस्तै नतिजा प्रस्तुत गरेको छ । 

अध्ययनका अनुसार एकतिहाइ महिला केवल सित्तैमा खान डेटमा जाने गर्छन् । अजूसा प्यासिफिक युनिभर्सिटीका शोधकर्ताले यो अध्ययन गरेका हुन् । यो अध्ययन प्रतिवेदन सोसाइटी फर पर्सनालिटी एन्ड सोसल साइकोलोजी पत्रिकामा प्रकाशित भएको थियो । अध्ययनका अनुसार यसमा महिलालाई दुई भागमा बाँडिएको थियो । ‘फूडी कल्स’लाई अध्ययनको आधार बनाइयो । 

यसमा करीब २३ प्रतिशत महिलाले पैसा नभएको अवस्थामा केवल खाना वा खाजा खान उनीहरुले डेटका लागि कल गर्ने गरेको स्वीकार गरे । त्यस्तै, अर्को अध्ययनमा भने ३३ प्रतिशत महिलाले खानाका लागि डेट गर्ने गरेको पाइयो । 

शोधकर्ताका अनुसार अध्ययनमा महिलाहरुले उनीहरुको रुचि पुरुषमा नभई केवल खानामा भएको पनि बताए । पहिलो अध्ययनमा ८२० महिला संलग्न थिए ।

उनीहरुलाई सम्बन्धको अवस्था, निजी विशेषता र लैंगिक भूमिकासम्बन्धी प्रश्न गरिएको थियो । त्यसपछि उनीहरु फूडी कल्समा संलग्न भएका छन् कि छैनन् भनी प्रश्न सोधिएको थियो । अर्थात् उनीहरु सित्तैमा खान डेटमा गएका हुन् कि होइनन् भनी सोधिएको थियो । त्यस्तै, अर्को अध्ययनमा पनि यही प्रश्न ३५७ जना महिलालाई सोधिएको थियो ।  

नवभारत टाइम्सबाट भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै