• २०८१ बैशाख ८ शनिबार

सल्लाहकारलाई डा. संग्रौलाको सुझाव : प्रधानमन्त्रीलाई सहि कुरा भन्न चुक्नु भो !

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार डा.राजन भट्टराईले देशमा गणतन्त्र र संविधान उल्टाउने खेलमा विदेशी शक्तिहरु सक्रिय भइरहको बताएका छन् ।

डा.भट्टराईले फेसबुक मार्फत् उनले वर्तमान व्यवस्था उल्टाउन देशभित्र र बाहिरका शक्तिहरु सक्रिय भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् – ' बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा बर्तमान व्यवस्था र संविधान उल्टाउने नभए वर्तमान सरकारका विरुद्ध प्रयोग गर्ने । यसका लागी कुन कुन ब्यक्ति र शक्तिहरुलाई एकठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्योलता स्रीजना गर्न सकिन्छ त्यो गर्ने । यसका लागि भित्र र बाहिरका केही शक्तिहरु सक्रिय हुंदै गरेको अवस्था । अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुस्प्रयास । समय मै सचेत भै जनमतको कदर गर्दै जन अपेक्षा पूरा गर्न तर्फ सबै केन्द्रित होऔं ।'

डा. भट्टराईको यो भनाईमाथि टिप्पणी गर्दै टिप्पणीकार डा.युवराज संग्रौलाले आफ्नो विचार फेसबुकमार्फत नै सार्वजनिक गरेका छन् ।      

डा.युवराज संग्रौलाको विचार :

राजन भट्टराईजीको पोस्टमा मेरो कमेन्ट।

कम्तीमा लेखर जानकारी दिनु भयो, खुसी लाग्यो । बालुवाटार पुग्न नसक्नेका लागि यस्ता जानकारीले पनि छलफललाई मौका दिन्छ । सबै साथीहरुले लेखेका कमेन्ट पढनु होस् । मैले एकदर्जन जति अन्तरबार्तामा भनें प्रधानमन्त्रीलाई काम गर्न दिएनन, सबैमन्त्री प्रधानमन्त्री बन्न खोजे । जे होस् एउटा ऐतिहासिक अवसर आएको थियो र अझै छ । कतिपय मानिसले केपीको दास रहेछ भनेर लेखे । यो सरकार सफल भए हुन्थ्यो, जनताले सास फर्ने पाए हुन्थ्यो जस्तो लाग्छ । 

प्रधानमन्त्रीले त गर्न खोजेकै जस्तो लाग्छ, प्रधानमन्त्रीले त मानिसलाई सपना देखाउनै पर्छ । ती सपनालाई साकार पार्ने कार्यक्रम बनाउने त सल्लाहकार, मन्त्री र कर्मचारीले होला नि । यहाँहरुकै कामगर्न नजान्ने ढङ्गले सरकारका विरुद्ध प्रहार गर्ने मौका मिल्यो गलत तत्वलाई । तलका केही कुरामा घोत्लीनु होस् ।

क) निर्मला पन्तको हत्या भएको थियो । अनुसन्धान बात्कारको बारेमा भयो । थुप्रै मानिसले यसबारेमा सरकारलाई सुझाब दिए। मैले धेरै पटक बोलें लेखें । पेटिकोट लगाएर तान्डब देखाउन आउनेका विरुद्ध बोलियो । तर सघाउन पाउने ठाउँ पाइएन । बालुवाटारमा पसेर केही कुरा राख्ने उपाए नै छैन । तपाइँलाई फोन गरेर एकाध पटक त सल्लाह दिएकै हो । त्यसपछि तपाइँकै फोन लाग्न/उठन छोड्यो । 

ख) स्थानीय निकाएका पदाधिकारीको अराजकताका बारेमा धेरैले कुरा उठाए । डोजर आतंक गाउँमा चल्यो । जमिनमा कर बढाइयो । उत्पादन जिरो थियो । नवउदारबादले देश खोक्रो पारेको थियो । बाहिर हवाइजाहाज माफिया, जमिन माफिया, यातायात माफिया, भ्रस्टाचारी अनि यस्ता फटाह सरकारलाई धरापमा ठेल्न थाले । थुप्रै मानिसले सरकारलाई सचेत गरे । एक किलोमिटरको बाटो मा १००/१०० मिटरका टुक्रा ठेक्का लगे । मन्त्रीका घरमा मेडमलाई भेटन जानुहोस भन्न छोडिएन । अहिले बाटा हिला छ्न । ठेकेदारले काम गर्दैनन । उनिहरुनै माइतीघरको जुलुसमा जान्छ्न । राजन जी तपाईहरु यहिं फेल हुनु भयो । प्रधानमन्त्रीलाई सहिकुरा जानकारी गराउन चुक्नु भो ।

ग) गुठी र जमिन ब्यबस्थापन फरक कुरा थिए । गूठी नेपालीको परमपरागत संस्कृति थियो । तर गुठी भनेकै जमिन हो भनेर बुझियो । गुठीका जमिनमा त माफियाले पांच तले घर बनाएर भाडा लगाएका छन् । नेपालको जमिनका बारेमा इन्साइकोपेडिआ जस्तो जानकारी राख्ने मानिस छ्न । कसले ऐन लेख्यो होला यस्तो जस्ले मानिसलाई यसरी भडकायो ? यो प्रधानमन्त्रीको असफलता होलाकि यहाँहरुको ?

घ) विश्वबिद्धालयहरु धाराशायी बनेका छ्न । सबै डांडाकांडा भत्काइएका छन। कृषकहरु मर्माहत छ्न । मन्त्रालय भित्र बसेर कर्मचारी सरकारको मजाक उडांउछ्न् । भ्रस्टाचार गर्छ्न । जनता सरकाको अपेक्षा गर्छ्न र माथी हेर्छ्न, तर मन्त्रीका मातहतका ब्यबस्थापन तल जनताका मुखमा बिस्ट्याइ दिन्छन ।

ङ) मन्त्रीहरु पार्टीका कुरा गर्छ्न उनिहरुले सरकारका कुरा गर्ने होला । उद्घाटनमा ब्यस्त छ्न । प्रहरीको तांती हुन्छ । यो जमानामा चीनका मन्त्री, युरोपका मन्त्री कस्तो ब्याबाहार गर्छ्न, जनता देख्छ्न । मन्त्रीका भ्रमणको तडक भडक र खर्च देख्छ्न । जनता निरास हुन्छ्न । यी सबै रोक्ने त प्रधानमन्त्री कार्यालय ब्यबस्थापन गर्नेले नै होला नि । 

च.) सुधार गर्न सक्नु हुन्छ भने गर्नुहोस ।

१.) बालुवाटारमा चाकरीगर्ने, जागिर माग्न आउने, पैसा माग्न आउने, अरु नेता खुइल्यार असल देखाउनेको भिड रोक्नु होस । यिनै मन्डलामा जुलुसमा जान्छन ।

२) देशमा उपलब्ध सबैको बुद्धि प्रयोग गर्ने उपाए निकाल्नु होस । कामगर्ने मानिसले काम गरेर देखाइ दिन्छ्न, अरुको कुरा काटेर हिडदैनन । कामको सहयोगले सहयोग हुन्छ । कुराका सहयोगले बिगार्छ ।

३) एउटा निरिक्षण टोली बनाएर संरचनाको काम हेर्न र स्पोटमा सजाय गर्ने, र भ्रस्टाचार गर्ने मन्त्री देखि ठेकेदार, तर्कारी माफीया देखि सरकार मेरो मुठ्ठीमा छ भनेर फट्याइँ गर्नेलाई जेल हाल्नु होस ।

३) माफिया र बिदेशी गैरसरकारी संस्थाको पैसा खाएर बिदेशीको सेवागर्ने र सरकारका अङ्गभित्र छिरेर सरकारलाई ध्व्स्त पार्नेलाई कोच्नुहोस ।

४) प्रदेशका सरकारलाई प्रभाबकारी बनाउन सहयोग गर्नुहोस । उनिहरु जनता सिधै जोडिएका छ्न ।

यी सुझाब त दिइयो दनक आफैंले खानुपर्ने होकि भनी डराइ डराइ लेखियो । हामिलाइ जागीर चाहिएको छैन । जनताले गरिखान पांउन भन्ने लागेरमात्र सुझाब दिएको हो । हाम्रो फोन उठ्तैन बालुवाटारमा । यो मौकाको फाइदा लिएर सरकारलाई सघाउन खोजेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै