मन्त्री बिना मगरको नेतृत्वमा काँग्रेस कार्यकर्ता कुटिए – बद्रि पाण्डे

खरीबोट

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले प्रहरी प्रशासनको संरक्षणमा आफ्नो पार्टीका कार्यकर्ता कुटेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले कञ्चनपुरको घटनाले सरकारको नियत प्रस्ट भएको बताएका छन् । 

‘कञ्चनपुर पुनर्वास नगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न गएकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले प्रहरी प्रसाशनको संरक्षणमा कार्यकर्ता लगाएर आक्रमण गर्न लगाउनु भयो । हिजको कृत्यको भर्त्सना गर्छु,’ पाण्डेले भने । 

‘सुदूरपश्चिमको बजेट कटौती गरिएको र हुलाकी सडकको निर्माण कार्य रोकिएकोमा सरकारको मौनताप्रति ध्यानाकर्षण गराउन गएका कार्यकर्तामाथिको आक्रमणले सरकारको नियत स्पष्ट भएको छ,’ उनले थपे ।

आक्रमणबाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, विक्रम चन्द लगायत दर्जनौं कार्यकर्ता घाइते भएको उनले बताए ।  
 

सम्बन्धित समाचार

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

पेरु । पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन्

संसद भंग गर्ने सिफारिस असंबैधानिक, प्रधानमन्त्री जोन्सन अप्ठ्यारोमा

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसद भंग गर्न महारानीलाई गरेको सिफारिस असंबैधानिक भएको छ । बेलायतको सर्वोच्च अदालतले संसद निलम्वनसम्बन्धी मुद्दामा आज निर्णय दिदै प्रधानमन्त्रीको सिफारिस असंबैधानिक भएको निर्णय दिएको

सङ्घीय संसद्को चौथो अधिवेशन अन्त्य

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको आजको तेस्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर

प्रधानमन्त्री ओलीको संसदको सम्बोधन स्थगित 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन स्थगित भएको छ । बिहीबार प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम नरहेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका


z