• २०८१ बैशाख ११ मंगलबार

मृतक नगरप्रवक्ताको परिवारलाई १० लाख सहयोग

kharibot

मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टका परिवारलाई नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाको मङ्गलबारको बैठकमा शोक प्रस्ताव पारित गर्दै वडा नं ४ का वडाध्यक्षसमेत रहेका स्वर्गीय भट्टको परिवारलाई रु १० लाख दिने निर्णय गरेको हो ।

स्वर्गीय भट्टका छोराछोरीलाई अध्ययन खर्च पनि प्रदान गरिने नगर उपप्रमुख जानकी बमले बताउनुभयो । प्रत्येक वडाध्यक्षको एक एक महिनाको पारिश्रमिक र नगरपालिकामा कार्यरत कर्मचारीहरुको एक एक दिनको पारिश्रमिक जम्मा गरी अध्ययनन खर्च उपलब्ध गराउने निर्णयसमेत भएका छ ।

वडा नं ४ का वडा सदस्य लालबहादुर धानुकलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ३ का वडाध्यक्ष दलबहादुर धामीलाई र समाजिक विकास समितिमा वडा नं ६ का वडाध्यक्ष जगी साउँदलाई जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।

गत जेठ २९ गते बुधबार वडा कार्यालयबाट घर जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको असार ५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । नगरप्रवक्ता भट्टको निधनमा नगरपालिकाले असार ५ गतेदेखि तीन दिन शोक मनाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै