• २०८१ बैशाख ५ बुधबार

एन्ड्रोइड नकिन्नु मेरो जीवनको सबैभन्दा ठूलो गल्ती : बिल गेट्स

kharibot

अमेरिका । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गूगललाई एन्ड्रोइड अपरेटिङ सिस्टम निर्माणका लागि अवसर दिनु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । ६३ वर्षीय गेट्सले विश्व बजारमा माइक्रोसफ्टको अझै पनि राम्रो पहिचान भएको बताए ।

गेट्सले भने, ‘यदि गूगलको एन्ड्रोइडबारे योजनाको बारेमा थाहा पाएको भए माइक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो कम्पनी हुने थियो ।’

गेट्सले अर्ली स्टेज भेन्चर क्यापिटल फर्म भिलेज ग्लोबलको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

मोबाइल प्लेटफर्ममा जसले जित्यो त्यसैले राज गर्छ’

बिल गेट्सले हालको सफ्टवेयर जगत्मा जसले मोबाइल प्लेटफर्ममा जित्छ, त्यसैले नै विश्व बजारमा राज गर्ने बताएका छन् । त्यसबेला आफूले यी कुरालाई सम्हाल्न नसक्नु नै आफ्नो ठूलो गल्ती रहेको उनको भनाइ छ । यही कारणले नै हाल एन्ड्रोइड जुन स्थानमा छ, उक्त स्थानमा माइक्रोसफ्ट पुग्न नसकेको गेट्सको भनाइ छ ।

एन्ड्रोइड नकिन्नाले अर्बौंको घाटा

त्यस बेला एप्पलबाहेक उक्त मार्केटमा केवल एउटा नयाँ अपरेटिङ सिस्टमको सम्भावना रहेको गेट्सको धारणा छ । यो खाली ठाउँलाई गूगलले समय खेर नफाली सजिलै परिपूर्ति गर्यो जुन माइक्रोसफ्टले पनि गर्न सक्थ्यो । टेक क्रन्चको एक प्रतिवेदनका अनुसार गेट्सले भने, ‘त्यसबेला एप्पलभन्दा बाहेक अरु कुनै पनि अपरेटिङ सिस्टम थिएन । एप्पलको मूल्य त्यसबेला ४ खर्ब डलर थियो । एन्ड्रोइड नकिन्नाले बिल गेट्सलाई अर्बौं रुपैयाँको नोक्सान भयो ।

एक घण्टाको इन्टरभ्यूमा गेट्सले माइक्रोसफ्टको सफलताको पनि उल्लेख गरे । उनले भने, विन्डोज र अफिसजस्ता उत्पादनका कारण कम्पनी नयाँ उचाइमा पुगेको छ । यद्यपि, आफूले उक्त अवसरलाई हातबाट जान नदिएको भए आज एन्ड्रोइडको स्थानमा माइक्रोसफट् संसारकै ठूलो कम्पनी बन्ने थियो भन्ने दुःख गेट्सको मनमा रहिरहेको छ ।

गूगलले एन्ड्रोइडलाई सन् २००५ मा ५ करोड डलरमा खरीद गरेको थियो । गूगलले एन्ड्रोइड खरीद गर्नुको उद्देश्य सबैलाई थाहा दिएको थिएन । त्यस बेला एकातर्फ गूगल आफ्नो एन्ड्रोइड प्रोजेक्टमा व्यस्त थियो भने माइक्रोसफ्ट विन्डोज मोबाइल ओएसमा काम गरिरहेको थियो जसलाई सन् २०१० को अन्तयमा विन्डोज फोनमा पेश गरियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै