• २०८१ बैशाख १४ शुक्रबार

गूगल प्ले स्टोरमा २ हजारभन्दा बढी खतरनाक फेक एप 

kharibot

अमेरिका । एक शोधका अनुसार गूगल प्ले स्टोरमा २ हजारभन्दा बढी फेक एप छन् । युनिभर्सिटी सिड्नी एन्ड सीएसआईआरओ डेटा ६१ को दुई वर्षको अध्ययनले प्ले स्टोरमा कतिपय प्रसिद्ध एपको फेक भर्जन रहेको देखाएको छ । 

टेम्पल रन, फ्री फ्लो र हिल क्लाइम्ब रेसिङजस्ता एपको फेक भर्जन पनि प्ले स्टोरमा पाइन्छ । यस शोधमा १२ लाख एपको अध्ययन गरिएको थियो । 
एपलाई चिन्न गाह्रो 

यी एप वास्तविक एपसँग यति मिल्छन् कि, तिनीहरुलाई चिन्न निकै कठिन हुने अध्ययनमा उल्लेख छ । यद्यपि, अधिकांश एप इन्स्टल गरेपछि थाहा पाउन सकिन्छ । तर, इन्स्टल नगरी भने प्रविधिका ज्ञातालाई पनि यस्ता एप चिन्न गाह्रो छ । 

मेलवेयर हमलाको खतरा 

प्रयोगकर्ताको डाटा चोर्न अथवा डिभाइसमा मेलवेयर आक्रमण गर्न यस्ता एपको प्रयोग हुने बताइएको छ । यस्ता एप इन्स्टल गर्नाले प्रयोगकर्तालाई आर्थिक नोक्सानी अथवा आइडेन्टिटी चोरीको खतरा रहन्छ ।

यही मामिलामा टाइम्स अफ इन्डियाको एक ईमेलको उत्तरमा गूगलका प्रवक्ताले भनेका छन्, ‘कुनै पनि एपले आफ्नो नीतिको उल्लंघन गरे प्ले स्टोरबाट रिमूभ गरिनेछ ।’

२०४० ओटा फेक एप 

अनुसन्धानबाट २०४० ओटा फेक एप प्ले स्टोरम रहेका उत्कृष्ट १० हजार एपसँग मिल्दाजुल्दा पाइए । त्यसैगरी, ४९ हजार ६०८ ओटा एपको उद्देश्य मेलवेयरबाट डिभाइसलाई प्रभावित गर्नु हो । अध्ययनमा १५६५ ओटा यस्ता एप पनि संलग्न थिएजसले गूगलको अनुमति मागिरहेका थिए । यस्तो अनुमति वास्तविक पेजले भने माग्ने गरेका छैनन् । गूगल प्ले स्टोरको माध्यमले प्रविधिको बजारमा छिर्न उक्त फेक एपलाई त्यति गाह्रो नहुने यस अध्ययनले देखाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै