• २०८१ बैशाख ६ बिहीबार

चन्द्रमामा सूर्यको इतिहास लुकेको नासाको दाबी 

kharibot

काठमाडौँ । नासाका वैज्ञानिकहरुका अनुसार चन्द्रमामा सूर्यका प्राचीन रहस्यको संकेत विद्यमान छ । यो जीवनको विकासक्रमलाई बुझ्न महत्त्वपूर्ण हुने उनीहरुको धारणा छ । करीब ४ अर्ब वर्षपहिले सौर्य मण्डलमा तीव्र विकिरण, उग्र वेग, उच्च ऊर्जाले युक्त बादल र धूलिकणपुञ्जको प्रकोप थियो । 

अमेरिकास्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका शोधकर्ताहरु यो प्रकोपले पृथ्वीमा प्रारम्भिक अवस्थामा जीवन अंकुरणमा सहयोग पुर्याएको बताउँछन् । यस्तो पृथ्वीलाई तातो र न्यानो राख्ने रासायनिक प्रतिक्रियाबाट सम्भव भएको उनीहरुको धारणा छ । 

नासाका एक तारा भौतिकविद् प्रबल सक्सेना पृथ्वीको माटोको तुलनामा चन्द्रमाको माटोमा सोडियम र पोटासियम कम रहेको बताउँछन् ।

पृथ्वी र चन्द्रमाको संरचना समान तत्वले बनेको भए पनि यस्तो फरक देखिनु आश्चर्यको कुरा रहेको उनी बताउँछन् । एपोलो कालको चन्द्रमाको नमुना र पृथ्वीमा पाइएका चन्द्रमाका उल्कापिण्डको विश्लेषण गरेपछि मात्रै यस प्रश्नको उत्तर पत्ता लागेको वैज्ञानिकहरुको भनाइ छ । 

पृथ्वी र चन्द्रमा समान तत्वले बनेका भए चन्द्रमामा भएका उक्त तत्व किन नष्ट हुँदै गयो भन्ने प्रमुख प्रश्न रहेको नासाकी ग्रहसम्बन्धी वैज्ञानिक रोजमेरी किलेन बताउँछिन् । यसपछि दुवै वैज्ञानिकले यसबाट सूर्यको इतिहास चन्द्रमाको सतहमा लुकेको सन्देह व्यक्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै