• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा पुुनः गिरावट, ५७ करोडको सेयर कारोबार 

kharibot

काठमाडौं । साताको चौथो कारोबार दिन आज बुुधबार नेप्से पुुन घटेको छ । नेप्से आज दुुई दशमलव ७८ अंकले घटेर १२ सय ५८ दशमलव २९ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६३ अंंकले घटेर दुुई सय ७० दशमलव ८१ विन्दुुमा झरेको छ । 

एक सय ६७ कम्पनीहरुको छ हजार आठ सय ४२ वटा कारोबारमा १४ लाख १३ हजार तीन सय ५७ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ५७ करोड एक लाख २३ हजार चार सय ८१ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा आठ वटा समूहको सूचक ओरालो लागेको छ भने चार वटा समूहको सूचक उकालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक तीन दशमलव २३ अंकले घटेर ११ सय ३१ दशमलव ४९ विन्दुुमा झर्दा विकास बैंक समूहको सूचक पनि शून्य दशमलव ९४ अंकले घटेर १५ सय ९४ दशमलव ४५ विन्दुुमा झरेको छ । 

यसैगरी निर्जीवन बीमा, जीवन बीमा, जलविद्युुत्, फाइनान्स, उत्पादनमूलक र लघुुवित्त समूहको सूचक पनि घटेका छन् । टे«डिङ समूहको सूचक भने आज दुुई दशमलव ५३ अंकले बढेर दुुई सय ६३ दशमलव ८१ विन्दुुमा चढेको छ । होटल, अन्य र सामुुहिक लगानी कोष समूहको सूचक पनि चढेको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल एग्रो लघुुवित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९५ पैसाले बढेर चार सय ६४ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सूचीमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ३६ पैसाले घटेर चार सय १२ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता १६ सय ९० रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ४२ लाख ७३ हजार चार सय ३० रुपैयाँको किनबेच भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै