• २०८१ बैशाख ७ शुक्रबार

तालिबानको आक्रमणमा आठ सुरक्षा अधिकारीको मृत्यु

kharibot

 अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् ।

प्रहरी स्रोतले बुधबार उक्त जानकारी दिएको छ । गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राती गरेको यस आक्रमणमा परी आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुखलगायत १६ जना घाइते भएका प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल अहाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई बताएका छन । मङ्गलबार राती भएको यस आक्रमणपछि सुरक्षाबल र तालिबान लडाकूबीचको झडप बुधबारसम्म पनि जारी रहेको वालिजादाले बताएका छन ।

तर प्रहरी स्रोतले तालिबान लडाकूतर्फ क्षतिको कुनै विवरण दिएको छैन् । तालिबान लडाकू समूहले पनि यस आक्रमण र त्यसपछिको झडपको कुनै टिप्पणी गरेका छैनन् 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै