• २०८१ बैशाख ७ शुक्रबार

चेन्नईयनसँग मनाङ मर्स्याङ्दी पराजित 

kharibot

काठमाडौं । एएफसी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब चेन्नईयन फुटबल क्लबसँग ३-२ ले पराजित भएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले आक्रमक खेल खेलेका थिए । चेन्नईयनले मोहमद रफीले ५३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एली साबियाले ६६औ मिनेटमा गोल गर्दै चेन्नईयनको अग्रता दोब्बर पारे ‌।

मनाङका लागि आफिज ओलाडिपोले ८ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ७१ र ७९औ मिनेटमा गोल गरेका थिए । तर ८८औ मिनेटमा रफीले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।

समूह ‘ई’ को पुछारमा रहेको मनाङले ६ खेलमा २ अंक जोडेको छ । चेन्नाइयिनको ११अंक पुगेको छ । समूहबाट शीर्ष स्थानको टोली दोस्रो चरणमा प्रवेश गर्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै