जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग काँग्रेसको अन्तरक्रिया

खरीबोट

काठमाडौँ । नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल एवं अन्तरक्रिया शुरु गरेको छ ।  

अन्तरक्रियाको शुरुआतका क्रममा पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा जिल्लाबाट प्राप्त अनुभव एवं सुझावका आधारमा दोस्रो चरणको अभियान शुरु गरिने बताए ।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले निश्चित योजना र कार्यदिशासहित ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिले अन्तरक्रियामा लिखित प्रतिवेदन बुझाएर छलफल गरिने जानकारी दिए । 

अन्तरक्रियाबाट आएको निष्कर्ष यही असार २२ गतेदेखि शुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा राखिने उनले सुनाए । बिहीबारसम्म चल्ने कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने कार्यतालिका छ ।

जागरण अभियानको पहिलो चरण गत वैशाख २५ मा शुरु भई जेठ २५ गते सम्पन्न भएको थियो । अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिकसभा, खुलासभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम गरिएको थियो ।

अभियानको दोस्रो चरण बिपी जयन्तीका दिन आगामी भदौ २४ गते प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । तेस्रो चरण आगामी पुस ७ गतेदेखि पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिनमा समापन गरिने जनाइएको छ । दुईदिने अन्तरक्रियामा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिका साथै पार्टीका वर्तमान एवं पूर्वकेन्द्रीय पदाधिकारीको सहभागिता छ ।
 

सम्बन्धित समाचार

मोरङको धनपालथान गाउँपालिकाको उपनिर्वाचनमा समाजवादी पार्टीले काँग्रेसलाई सघाउने

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको एक स्थानमा यही मङ्सिर १४ गते हुने  उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीले नेपाली काङ्ग्रेसलाई सहयोग गर्ने भएको छ । दुई पार्टीद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा

काँग्रेस सभापति देउवा र राष्ट्रपति हमिदबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा

काँग्रेस कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोट - कमल थापा 

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् । ठुला-ठुला भ्रष्ट्राचारको काण्डमा ठुला दलहरुको संलग्नता

उपनिर्वाचनमा भक्तपुरमा नेकपा, काँग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस


z