• २०८१ बैशाख ४ मंगलबार

कोपामा ब्राजिल र अर्जेन्टिनाको भेट सेमिफाइनलमा हुनसक्ने !

kharibot

काठमाडौँ । कोपा अमेरिकाको समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

कोपामा खेलेका १२ देश मध्ये ८ देशले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । समुह ए बाट शिर्ष स्थानमा रहदै ब्राजिल र दोस्रो हुदै भेनेजुएला दोस्रो हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै समुह बि बाट कोलम्बिया पहिलो हुदै र अर्जेन्टिना दोस्रो हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै समुह सी बाट उरुग्वे पहिलो हुदै र चिली दोस्रो हुदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका समुहको पेरु, समुह बि को पराग्वे र समुह सी को जापान मध्येबाट उत्कृष्ट २ देश पेरु र पराग्वे पनि क्वाटरफाइनलमा पुगेका छन् । तेस्रो स्थानको पेरु ४ अंकसहित र पराग्वे र जापान २-२ अंक भएको भएपनि गोल अन्तरका आधारमा पराग्वे अगाडी भएकाले पराग्वे क्वाटरफाइनलमा पुगेका छन् ।

यससँगै समुह ए बाट बोलिभिया, समुह बि बाट कतार र समुह सी बाट जापान र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् ।

क्वाटरफाइनलका खेल :

अब क्वाटरफाइनलमा ब्राजिल पराग्वेसँग खेल्ने भएको छ भने अर्जेन्टिना भेनेजुएलासँग खेल्ने भएको छ । त्यस्तै कोलम्बिया चिलीसँग खेल्दै छ भने उरुग्वे पेरुसँग खेल्ने भएको छ ।

क्वाटरफाइनलका खेल आगामी शुक्रबार बिहान ब्राजिल र पराग्वे खेल्ने छन् भने शनिबार बिहान अर्जेन्टिना र भेनेजुएला तथा कोलम्बिया र चिली खेल्दै छन् । त्यस्तै आइतबार बिहान उरुग्वे र पेरु खेल्दै छन् ।

ब्राजिल र अर्जेन्टिनाको सेमिफाइनलमा भेटको सम्भावना :

चिरपरिचित प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकामा सेमिफाइनलमा भेट हुने सम्भावना भएपछि यस बर्षको कोपाको फाइनलमा ब्राजिल र अर्जेन्टिनामध्ये एक टिम पुग्ने अवस्था आएको हो । क्वाटरफाइनलमा ब्राजिल पराग्वेसँग शुक्रबार बिहान खेल्दै छ भने अर्जेन्टिनाले भेनेजुएलासँग शनिबार बिहान खेल्दै छ ।

यसरी पहिलो सेमिफाइनलमा ब्राजिल र पराग्वे तथा अर्जेन्टिना र भेनेजुएलाबीचको विजेताले खेल्ने छन् । त्यस्तैले ब्राजिलले पराग्वेलाई पराजित गरेमा र अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गरेमा दुवै प्रतिद्वन्दीको भेट सेमिफाइनलमा हुने भएको हो ।

कोपा अमेरिकाको इतिहासमा अहिलेसम्म ब्राजिल र अर्जेन्टिनाबीच २२ पटक भएका खेलमा अर्जेन्टिना १४ पटक र ब्राजिल ८ पटक विजयी भएको छ ।

त्यस्तै क्वाटरफाइनलमा कोलम्बिया र चिली तथा उरुग्वे र पेरुबीचको विजेताले दोस्रो सेमिफाइनलमा खेल्ने छन् ।

                       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै