चट्याङ्बाट मृत्यु भएका बालकका परिवारलाई किरियाखर्च

खरीबोट

लमही । चट्याङबाट मृत्यु भएका दाङको राप्ती गाउँपालिका–३ का तीनजना बालकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले रु एक÷एक लाख र राप्ती गाउँपालिकाले रु १५÷१५ हजार उपलब्ध गराएको हो ।

गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको दैवी प्रकोपमा मृत्यु भएका परिवारलाई तत्काल राहत दिने शीर्षक अन्तर्गत किरियाखर्च उपलब्ध गराइएको हो । यो घटनाले गाउँपालिका नै शोकमा डुबेको भन्दै बालकका परिवारलाई  किरियाखर्चका लागि सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए । 

उक्त रकमले किरियाखर्च तथा बालकहरुको नाममा सम्झनायोग्यकार्य गर्नसमेत परिवारलाई उहाँले अनुरोध गर्नुभयो । साथै गाउँपालिकाले चट्याङमा परी घाइते भएका अविनाश चौधरीको उपचारका लागि समेत रु १० हजार रकम उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष सुवेदीसहित, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनकप्रसाद भण्डारीले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । 

मङ्गलबार साँझ साढे ६ बजेतिर परेको चट्याङले ११ वर्षीय रमित चौधरी, ११ वर्षकै विनाश चौधरी र १३ वर्षीय सजन चौधरीको मृत्यु भएको थियो ।

राप्ती–४ स्थित मौरीघाट मावि नजिक रहेको जामुनाको रुखमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो । 
 

सम्बन्धित समाचार

चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान

बैतडी । विपद् क्षति र जोखिम न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ । चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ

चट्याङ लागेर बारामा एकको मृत्यु, एक घाईते

बारा । बाराको सिम्रौनगढ़ नगरपालिका-११ भगवानपुरमा चट्याङ लागेर एक जनाको घटना स्थल मैं मृत्यु भएको छ ।  सोमवार अपरान्ह करिब साढे ४ बजे परेको चट्याङ लागेर सिम्रौनगढ़ नगरपालिका-११ का ४० वर्षीय

चट्याङ लागेर एक हल गोरु र तीन गाईको मृत्यु

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार दिउँसो ५:३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै

चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरे

जाजरकोट। चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका छन् भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी


z