पानी आयो मल आएन !

खरीबोट

तुलसीपुर । खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि  तुलसीपुर –४ का मानबहादुर केसी एक सातादेखि मल दिने सहकारी धाइरहेका छन् । उनी जस्तै धेरैजसो किसानको अवस्था यस्तै छ ।

वनहरिका टेकराज रिजाल पनि मलका लागि एक सातादेखि दिनहुँजसो मल गोदाममा धाइरहेका छन् । तर गोदामसँग पनि मल कहिले आउने भन्ने विषयको जवाफ छैन । अनुदानको मात्र होइन, बिना अनुदानको मल पनि बजारमा किन्न पाइदैन ।

कृषिको आधुनिकरण र यान्त्रिकरण गरी निर्यातमुखी उत्पादन वृद्धिमा जोड दिइए पनि किसानलाई मल उपलव्ध गराउन सम्बद्ध निकायको चासो पुग्न नसकेको किसानको गुनासो छ ।  

असार पन्ध्रलाई सरकारले राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ । तर यो वर्ष मलको अभावले धान दिवसको अवसरमा खेती गर्न समस्या भएको छ । 

विगतजस्तै यसवर्ष पनि मुख्य बाली धानखेती शुरु हुन लाग्दा मलको अभाव देखिएको छ । लामो समयको खडेरीपछि पानी परेको पानीले खेती हुने आशामा बसेका किसानलाई रासायनिक मलको अभावले खिन्न बनाएको छ । ‘‘पानी आयो, मल आएन भएको मल पनि सकिएको रहेछ ’’, स्थानीय किसान करवीर वलीले भने । 

जिल्लामा पछिल्लो केही समयदेखि डिएपी मलको चरम अभाव रहेको छ । अनुदान विनाको युरिया मल बजारमा पाए पनि डिएपी भने नभएको किसान बताउछन् । ‘‘मल लिन कृषि सामाग्री कम्पनी लि कार्यालय पुगेको थिए, तर कृषिमा एक बोरा पनि मल छैन् त्यतिकै खाली हात घर फर्कनुपर्ने अवस्था आयो’’, अर्का किसान मोहन चौधरीले भने । 

अनुदानको मल बिक्री गदै आएको कृषि सामग्री कम्पनी लिमिटेडले पनि डिएपी मल केही महीनादेखि नआएको जनाएको छ । पहिलो चरणमा मल सहकारीलाई उपलव्ध गराए पनि पछिल्लो समयमा एक बोरा पनि डिएपी मल गोदाममा नभएको कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिए । 

 “मल खरीदका लागि कुनैपनि प्रक्रियानै बढाइएको छैन, त्यसैले मल कहिले आउछ भन्न सकिने अवस्थानै छैन’’, कम्पनीका प्रमुख न्यौपानेले भने । भैरवामा पनि मल नभएकाले बताउंदै उनले सरकारले अझै पनि मलका लागि बोलपत्र आह्वान नगरेको बताएको छ ।
सहकारीमार्फत किसानलाई मल उपलव्ध गराउँदै आए पनि हाल त्यहाँ पनि मलको अभाव छ ।

सम्बन्धित समाचार

काठमाडौँ मलको भाडाका सम्बन्धमा लेखा समितिको चासो

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले सञ्चय कोषका पदाधिकारीलाई कसैको दबाबमा नपरी संस्था र सेवाग्राहीको हितलाई सर्वोपरी ठानेर काम गर्न निर्देशन दिएको छ । कर्मचारी सञ्चय कोष भवन बहालका सम्बन्धमा कोषका

डिएपी मल आभाव हुँदा किसान मारमा

लहान । किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल)को आभाव भएको छ । कृषि सामग्री लिमिटेडको केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि उक्त लिमिटेडको लहान

सरकार भ्रष्टाचारमा लिप्त हुदाँ कृषकलाई समस्या, कृषकले पाएनन् मल

खस्यौली । मलको अभाव भएपछि यहाँका कृषकहरु भारतीय बजार जान बाध्य भएका छन् ।  प्रदेश नं ५ को प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभासदस्य भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक

दाङमा रासायनिक डिएपी मलको अभाव 

दाङ । दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन्


z