• २०८१ बैशाख ८ शनिबार

न्युजील्याण्डलाई नीशाम र ग्राण्डहोमले सम्हाले, पाकिस्तानले पायो २३८ को लक्ष्य

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत न्युजील्याण्डले पाकिस्तानलाई २३८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै २३७ रन बनाएको हो ।

सुरुवात अत्यन्त खराब गरेको न्युजील्याण्डका लागि जिम्मी नीशाम र कोलिन डि ग्राण्डहोमले छैठौ विकेटका लागि १३२ रनको साझेदारी गर्दै न्युजील्याण्डलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए ।

न्युजील्याण्डले पहिलो विकेट ५ रनमा, दोस्रो विकेट २४ रनमा, तेस्रो विकेट ३८ रनमा, चौथो विकेट ४६ रनमा र पाँचौ विकेट ८३ रनमा गुमाएको थियो ।

न्युजील्याण्डका लागि जिम्मी निशामले अविजित ९७ रन बनाए भने ग्राण्डहोमले ६४ रन बनाएका थिए ।

त्यस्तै कप्तान केन विलियम्सनले ४१ रन बनाए भने कोलिन म्रुनोले १२ रन बनाएका थिए । त्यस्तै मार्टिन गप्टिलले ५ रन बनाएर आउट भए भने रोज टेलर ३ र टम लाथम १ रन बनाएर आउट भएका थिए । त्यस्तै मिचेल सान्टनरले अविजित ५ रन बनाए ।   

पाकिस्तानका बलर शाहीनशाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए भने मोहमद आमिर र शदाब खानले एक एक विकेट लिए ।

प्रतियोगितामा न्युजील्याण्ड अपराजित हुदै ११ अंक हासिल गरेर दोस्रो स्थानमा छ भने सेमिफाइनलमा पुग्न एक जित टाढा छ भने पाकिस्तान ६ खेलमा ५ अंक हासिल गर्दै सातौ स्थानमा रहेको छ ।                                               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै