• २०८१ बैशाख ७ शुक्रबार

जितपछि सेमिफाइनलको बाटोमा पाकिस्तान

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले न्युजील्याण्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले न्युजील्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

न्युजील्याण्डले दिएको २३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

पाकिस्तानको जितमा बबर आजमले शतकीय पारी खेलेका थिए । आजमले अविजित रहदै १२७ बल खेलेर १०१ रन बनाएका थिए । त्यस्तै हरिस शोहेलले ६८ रनको उत्कृष्ट पारी खेल्दै पाकिस्तानको जितको आधार बनाएका थिए । पाकिस्तानका लागि मोहमद हाफीजले ३२ रन बनाए भने इमाम उल हकले १९, फखर जमानले ९ र सरफराज अहमदले अविजित ५ रन बनाएका थिए ।

न्युजील्याण्डका बलर ट्रेन्ट बोल्ट, केन विलियम्सन र लुकी फर्गुसनले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै २३७ रन बनाएको थियो ।

सुरुवात अत्यन्त खराब गरेको न्युजील्याण्डका लागि जिम्मी नीशाम र कोलिन डि ग्राण्डहोमले छैठौ विकेटका लागि १३२ रनको साझेदारी गर्दै न्युजील्याण्डलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए ।

न्युजील्याण्डले पहिलो विकेट ५ रनमा, दोस्रो विकेट २४ रनमा, तेस्रो विकेट ३८ रनमा, चौथो विकेट ४६ रनमा र पाँचौ विकेट ८३ रनमा गुमाएको थियो ।

न्युजील्याण्डका लागि जिम्मी निशामले अविजित ९७ रन बनाए भने ग्राण्डहोमले ६४ रन बनाएका थिए ।

त्यस्तै कप्तान केन विलियम्सनले ४१ रन बनाए भने कोलिन म्रुनोले १२ रन बनाएका थिए । त्यस्तै मार्टिन गप्टिलले ५ रन बनाएर आउट भए भने रोज टेलर ३ र टम लाथम १ रन बनाएर आउट भएका थिए । त्यस्तै मिचेल सान्टनरले अविजित ५ रन बनाए ।   

पाकिस्तानका बलर शाहीनशाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए भने मोहमद आमिर र शदाब खानले एक एक विकेट लिए ।

जितपछि पाकिस्तानको प्रतियोगितामा सेमिफाइनलमा पुग्ने दौडमा जिवितै रहेको छ । पाकिस्तान ७ खेलमा ७ अंक बटुल्दै छैठौ स्थानमा उक्लिएको छ । अब पाकिस्तानका लागि अफगानिस्तान र बंगलादेशसँगको दुवै खेल जित्नुपर्ने देखिएको छ ।

त्यस्तै न्युजील्याण्डको सेमिफाइनल यात्राका लागि भने तत्काललाई ब्रेक लागेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको न्युजिल्याण्डले अस्ट्रेलिया र इङल्याण्ड मध्ये एक खेल जित्नुपर्ने छ । हाल न्युजील्याण्डको ११ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

विश्वकप अन्तर्गत आज भारत र वेस्टइन्डिजबीच खेल हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै