एसइईको नतिजा आज आउन सक्ने, बोर्ड बैठक बोलाइयो

खरीबोट

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । 

कार्यालयले यस अघि बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयले आज दिउँसो एक बजेका लागि बोर्ड बैठक बोलाएको छ भने प्राविधिक समस्या नआएमा आज नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

सम्बन्धित समाचार

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा

एसइईको हाउगुजी अन्त्यका लागि प्राविधिक शिक्षामा प्राथमिकता

काठमाडौं / माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को हाउगुजी अन्त्य गर्न विद्यालय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् । बिहीबार सार्वजनिक २०७५ सालको एसइईको

एसइईमा रुपन्देहीका १० विद्यार्थीको ‘४ जिपिए’

रुपन्देही । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार रुपन्देहीबाट १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।  जिल्लामा सबैभन्दा धेरै बुटवलको न्यू होराइजन स्कुलका सात

एसइईको प्रदेश अनुसारको परिणाम  : कुन प्रदेशको कस्तो नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८ सय ८२ विद्यार्थीले जिपिए ३.६०


z