• २०८१ बैशाख ८ शनिबार

बलिवुडमा एक्लिदै कंगना

kharibot

मुम्बई । बलिवुडमा ऋतिक-कंगना विवाद विस्तारै सेलाउदै गएपनि यसका साइड इफेक्टहरु भने देखिन थालेका छन् । 

कंगनासँगको विवाद पछि ऋतिकले सार्वजनिक रुपमा कंगनाको आरोपहरुलाई अस्विकार गर्दै आफ्नो बलियो पक्ष राखे पछि बलिवुडका अधिकांश सेलिब्रेटीहरु ऋतिकको पक्षमा देखिन थालेका छन् । 

भारतीय मिडिया रिपोर्टहरुलाई आधार मान्ने हो भने बलिवुडमा कंगनालाई एक्लाउने प्राय हरु देखिन थालेका छन् ।

गत साता मुकेस अम्बानीले आयोजना गरेको पार्टीमा पुगेकी कंगनालाई त्यँहा कुनै बलिवुड सेलिब्रेटीले साथ् नदिएको रिपोर्ट सार्वजनिक भएका छन् । कंगनाले ऋतिक रोशनसँगको विवादमा सलमान खान देखि रणवीर कपुरसम्मलाई मुछेको बलिवुडमा चर्चा चलेको छ ।

कथित मेल भन्दै सलमानले बजरंगी भाइजानमा आफुलाई अफर गरेको तर आफुले अस्विकार गरेपछि निकै गाली गरेको इमेल सार्वजनिक भएको थियो । त्यसपछि सलमान परिवारसँग नजिक रहेकी कंगनासँग अब सलमानको परिवारले पनि दुरी राखेको रिपोर्ट आएको छ । 

त्यस्तै कथित इमेलमा कंगनाले दिपीका पदुकोनेसँगको ब्रेकअपपछि रणवीर कपुरले आफुलाई निकै फलो गरेको उल्लेख गरेकी थिइन् । 

त्यस्तै निर्माता निर्देशक करन जोहर, सैफअलि खान, शाहिद कपुर जस्ता अभिनेताहरुसँगपनि कंगनाको विवाद भैसकेको छ ।

अहिले बलिवुडमा दिपावलीको पार्टीको मौसम भएपनि कंगनालाई कुनै सेलिब्रेटीले त्यस्ता पार्टीहरुमा नबोलाएको बताइएको छ । जबकी अघिल्ला बर्षहरुमा कंगनाको यस्ता पार्टीहरुमा निकै सहभागिता हुने गर्दथ्यो । 

ऋतिक-कंगना प्रकरणमा फराहन अख्तर, यमी गौतम जस्ता सेलिब्रेटीले ऋतिकलाई खुलेर साथ दिएपछि अन्य सेलिब्रेटीहरुले पनि विस्तारै कंगनालाई एक्लाउन लागेका हुन् । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै