मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु

खरीबोट

रत्ननगर । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ ।

साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो  ।

दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

सम्बन्धित समाचार

फिलिपिन्समा ट्रक दुर्घटना, आठ बालबालिकाको मृत्यु

मनिला / फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका समेत नौ जनाको मृत्यु भएको छ । एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ

दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ । जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा

बाजुरामा जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।  जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नंको जीप

मोरङमा बस पल्टिँदा दुईको मृत्यु

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार


z