बालुवा र माटोको लेदो खसेपछि पृथ्वी राजमार्ग रातिदेखि अवरुद्ध

खरीबोट

धादिङ । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् ।

सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको बैरेनीबजारका व्यवसायी नरेश खतिवडाले बताए ।

सडक छेउमा बालुवा धुने मेसिन प्रयोगले सडक माथिबाट आएको लेदो राजमार्गमा जमेकाले यसलाई व्यवस्थापन गर्नुपर्ने खतिवडाले बताए । 

सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमर्गमा डोजर लगाएका छन् । सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका छन् । रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ ।
 

सम्बन्धित समाचार

अवरुद्ध सडक पूर्ववत अवस्थामा ल्याउने प्रयास जारी, यी सडक अझै अवरुद्ध 

काठमाडौँ । अविरल वर्षापछिको बाढी, पहिरो, डुबान र कटानका कारण क्षति पुगेका सडकको पुनःनिर्माणलाई तीव्रता दिइएको छ ।  विच्छेद भएको सडक सञ्जाललाई पूर्ववत अवस्थामा ल्याउने काम तीव्र पारिएको गृह मन्त्रालयले जनाएको

पहिरोले मेची राजमार्ग अवरुद्ध

फिदिम  / मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख

विपी राजमार्गमा शव बरामद

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३  गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला

बर्षापछि दक्षिण ललितपुर अस्तव्यस्त : विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराका


z