सामुदायिक वनका पदाधिकारी अनुसन्धानका लागि थुनामा

खरीबोट

कञ्चनपुर । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ । 

पक्राउ परेका सामुदायिक वनका अध्यक्ष मदन नाथ, कार्यालय सचिव धर्मानन्द भट्ट र काठ ढुवानी (ओसारपसार)मा संलग्न रामकृष्ण चौधरीलाई डिभिजन वन कार्यालयको सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखी वयान लिने कार्य शुरु गरिएको हो ।

पक्राउ परेका तीन र अन्य केही व्यक्तिको संलग्नतामा सामुदायिक वनमा अवैधरूपमा रुख कटानी भएको खुल्न आएको डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत निरञ्जन कँडेलले बताए । “पक्राउ परेका रामकृष्ण चौधरीसँग वयान लिने कार्य पूरा भएको छ”, उनले भने, “अन्यसँग सामान्य सोधपुछ गरिएको छ, केही अन्य व्यक्तिसमेत काठ कटानीमा संलग्न भएको पाइएकाले खोजी कार्य शुरु गरेका छौँ ।”

वयानका क्रममा जेठ २७ गतेदेखि सामुदायिक वनमा स्वीकृति नलिई अवैधरूपमा सालका रुख कटानी गर्दै आएको पक्राउ परेकाहरुले बताएको अधिकृत कँडेलले बताए । पक्राउ परेकाहरुको संलग्नतामा काटिएका २६ गोलिया (२३६ दशमलव ३६ घनफिट काठ) बरामद गरी सवडिभिजन कार्यालयमा घाटगद्दी गरी राखिएको छ ।

अदालतबाट सात दिनको म्याद थप गरी डिभिजन वन कार्यालयले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालेको छ । स्थानीयवासी उपभोक्ताको सहयोगमा अवैधरूपमा काठ कटानीमा संलग्न तीनै जनालाई असार ९ गते पक्राउ गरिएको थियो ।

अवैधरूपमा काठ कटानीमा संलग्न अन्यका लागि पक्राउ पूर्जी जारी गरिएको छ । पक्राउ परेका तीनै जनाको वयान लिने कार्य सकिएपछि सरकारी वकिलको राय लिएर अदालतमा पेश गरिने अनुसन्धान अधिकृत कँडेलले बताए । वन ऐनअनुसार अवैधरूपमा रुख कटानी गरी हानी नोक्सानी गर्नेलाई  बिगोको दोब्बर जरिवाना वा एक वर्ष कैद हुने व्यवस्था रहेको छ ।
 

सम्बन्धित समाचार

उद्योगपति पद्म ज्योतीलाई अदालतको पक्राउ पुर्जी

काठमाडौं । हाउजिङ प्रकरणमा पक्राउ परेका उद्योगपति रुप ज्योतीका दाजु पद्म ज्योतीलाई पनि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । केही दिन अघि भाइ रुप ज्योती र उनकी छोरी

हत्या आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा

लागुऔषध सहित तीन युवक पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध सहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय

वडाध्यक्ष पक्राउ

बेत्रावती । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आज बिहान


z