• २०८१ बैशाख ७ शुक्रबार

दोस्ताना-२ मा कार्तिक र जान्हवी सँगै

kharibot

मुम्बई । बलिवुडका निर्माता निर्देशक करन जोहरले आफ्नो फिल्म दोस्तानाको सिक्वेल बनाउने घोषणा गर्दै प्रमुख कलाकारको खुलासा पनि गरेका छन् ।

दोस्ताना-२ मा कार्तिक आर्यन र जान्हवी कपुरले अभिनय गर्ने भएका छन् भने यस फिल्मको लागि तेस्रो अभिनेताको खुलासा छिट्टै गर्ने जोहरले बताएका छन् ।

तेस्रो अभिनेता नयाँ हुने र यो उनको डेभ्यु फिल्म हुने पनि जोहरले बताएका छन् ।

दोस्ताना-२ को निर्देशन कोलिन डिचुन्हाले गर्ने भएका छन् । कोलिनले यस अघि भाग मिका भाग, एनएच १० र तलाशजस्ता फिल्ममा सहायक निर्देशन गरीसकेका छन् ।
फिल्म २०२० मा रिलिज हुने छ ।

दोस्ताना फिल्म सन् २००८ को सफल फिल्म मध्ये एक हो । सो फिल्ममा अभिषेक बच्चन, जोन इब्राहिम र प्रियंका चोपडाले अभिनय गरेका थिए भने सो फिल्मको निर्देशन तरुण मनुसुखानीले गरेका थिए ।                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै