• २०८१ बैशाख १३ बिहीबार

वाकाथन कार्यक्रम शनिबार

kharibot

ललितपुर / ग्रामीण क्षेत्रका विद्यार्थीहरु दैनिक झण्डै चार घण्टासम्म हिँडेर विद्यालय जानुपर्ने बाध्यताको प्रतीकका रुपमा आगामी शनिबार चौथो वाकाथन कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा सहभागीहरूले पाँच किलोमिटर पदयात्रा गर्नेछन् ।

शिक्षाका क्षेत्रमा कार्यरत संस्था टिच फर नेपालको आयोजनामा हुने सो कार्यक्रममा विभिन्न विश्वविद्यालय तथा कलेजका विद्यार्थीहरुको सहभागिता रहनेछ । उक्त कार्यक्रममा करीब नौ सयभन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागी हुने आयोजकको दाबी छ ।

ललितपुरको लबिम मलबाट शुरु हुने उक्त वाकाथन कुपण्डोल, माइतीघर, भद्रकाली, त्रिपुरेश्वर पुगेर सोही रुट हुँदै लबिम मलमा फर्किएर साङ्गीतिक कार्यक्रममा परिणत हुने आयोजकले जनाएको छ ।

वाकाथनले काठमाडौँका कलेजका विद्यार्थीलाई शैक्षिक समानताको लागि एकै स्थानमा एकीकृत गर्ने टिच फर नेपालका मुख्य कार्यकारी अधिकृत शिशिर खनालले बताए  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै